Breaking: दक्षिण अफ्रीकाबाट सिड्नी आएका २ यात्रुलाई ओमिक्रोन को’रोना संक्रमण पुष्टी

सिड्नी- दक्षिण अफ्रीकाबाट सिड्नी आएका दुइ यात्रुमा को’रोनाको नया प्रजाति ओमिक्रोन संक्रमण पुष्टी भएको छ । न्यु साउथ वेल्स हेल्थले दिएको जानकारी अनुसार उनीहरुलाई हाल विशेष आवासमा राखिएको छ ।

को’रोनाको दुबै खोप लगाएका यी दुइ यात्रु शनिवार दक्षिण अफ्रिकाबाट सिड्नी आएका थिए । उनीहरुसंगै आएका अन्य १२ जनालाई पनि विशेष क्वारेन्टिनमा राखिएको छ ।त्यस विमानमा आएका २६० जना यात्रु र विमान चालक दलका सदस्यहरुलाई पनि क्लो’ज कन्ट्याकको रुपमा आइसोलेसनमा बस्न निर्देशन दिइएको छ ।

अब विदेशबाट न्यु साउथ वेल्स आउने पुरा खोप लगाएका यात्रुले पनि १४ दिन क्वा’रेन्टिन बस्नुपर्नेछ । यस अघि न्यु साउथ वेल्स, भिक्टोरिया र क्यानबेराले दुबै खोप लगाएका विदेशबाट आउने यात्रुले ७२ घण्टा आइसोलेनसमा बस्नुपर्ने नियम लागु गरेका थिए ।

यो पनि –कतारमा दक्षिण अफ्रिका सहित तीन देशका यात्रुलाई प्रवेश नदिइने भएको छ ।ती देशहरुमा को’रोनाभाइरसको नयाँ भेरिएन्ट देखापरे संगै कतार एयरवेजले दक्षिण अफ्रिका, जिम्बावे र मोजाम्बिक देशका यात्रुलाई आजै देखि आफ्नो जाहजमा यात्रा गर्न नदिइने बताएको छ ।

तर कतार बाट त्यसतर्फ जाने यात्रुलाई भने कुनै रो’कतोक गरिएको छैन ।एयरवेजले भाइरस बारे विश्व स्वास्थ्य संगठनको जानकारी अनुसार दैनिक रुपमा यात्राको समिक्षा गर्ने बताएको छ ।विश्व स्वास्थ्य सङ्गठनले दक्षिण अफ्रिकामा देखिएको को’रोना भाइरसको नयाँ भेरिएन्टलाई भेरिएन्ट अफ “कन्सर्न” घोषणा गरेको छ र यसलाई ओ’मिक्रोन नाम दिएको छ।

यो भेरिएन्टको ठूलो सङ्ख्यामा उत्परिवर्तित भएको छ र प्रारम्भिक प्रमाण अनुसार यो भे’रिअन्टबाट सङ्क्रमणको जो’खिम उच्च रहेको डब्लुएचओले जनाएको छ। यो भेरिएन्ट पहिलो पटक नोभेम्बर २४ तारिखमा दक्षिण अफ्रिकामा पाइएको डब्लुएचओलाई जानकारी गराइएको थियो ।

हालसम्म ओमिक्रोन बोत्स्वाना, बेल्जियम, हङकङ अनि इजरेलमा पनि पुष्टि भएको छ। कैयौं देशहरूले दक्षिण अफ्रिका जाने वा आउने क्रमलाई पूर्ण प्र’तिबन्ध लगाएका वा सीमित पारेका छन्। नेपालले त्यसतर्फ बाट आउने यात्रुलाई अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने निर्णय गरेको छ ।