आफ्नो ज्यान जो’खिममा राखेर विमानको ल्यान्डिङ गियरमा लुकेर अमेरिका पुगे यी युवक

एक व्यक्ति अमेरिकी एयरलाइन्सको एउटा विमानको ल्यान्डिङ गियरमा बसेर ग्वोमालाबाट अमेरिकाको मियामी पुगेका छन् । शनिबार मियामीमा विमान अवतरण गरेपछि ती व्यक्ति विमानको ल्यान्डिङ गियरमा फेला परेका थिए ।

अमेरिकी एयरलाइन्सको उडान नम्बर ११८२ काे विमानकाे ल्या’न्डिङ गियरमा बसेर ती व्यक्ति मियामी पुगेका थिए ।२६ वर्षका ती व्यक्तिलाई तत्कालै अमेरिकी प्रहरीले नियन्त्रणमा लिएको थियो । ग्वाटेमालाबाट मियामीसम्म करिव साढे दुई घन्टा उनी गियरमा नै बसेका थिए ।

त्यति लामो यात्रामा उनी जी’वितै फेला पर्नु दु’र्लभ घटना भएको अधिकारीहरुले बताएका छन् ।निकै त्र’सित मुद्रामा देखिएका उनलाई विमानस्थलबाट सीधै अस्पताल लगिएको थियो । उनी लु’केर अमेरिका प्रवेश गरेको विषयमा सीमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

अमेरिकाको सं’घीय उड्यन प्रशासनअनुसार सन् १९४७ देखि विभिन्न उडानमा विमानका पाङग्रा वा ल्यान्डिङ गि’यरमा बसेर अमेरिका जाने क्रममा अहिलेसम्म १०० जनाको मृ’त्यु भएको छ भने २९ जना घा’इते भएका छन् ।