काे’राेनाकाे नयाँ भेरियन्ट ‘मिक्रोन’ भेटिएपछि मंगलवारदेखि मास्क अनिवार्य

लण्डन – मंगलबारदेखि बेलायत आउने यात्रुहरुले पीसीआर टेष्ट गराउनु पर्ने भएको छ ।बेलायत सरकारले आइतबार एक सूचना जारी गर्दै मंगलबार, नोभेम्बर ३० बिहान ४ बजेपछि युके आइपुग्ने यात्रुहरुले प्यासेन्जर लोकेटर फर्म भर्नपर्ने र पिसीआर टेष्टसमेत बुक गरेको हुनुपर्ने बताएको छ ।

यसअघि बेलायत आउँदा ल्याटरल फ्लो टेष्ट मात्र गरे पुग्नेमा को-भि’डको नयाँ भेरियन्ट फेला परेपछि नयाँ नियम जारी गरिएको हो ।यसरी टेष्ट गर्दा पोजेटिभ भेटिएमा नेगेटिभ नआएसम्म आइसोलेसनमा बस्न पर्नेछ । यसअघि पोजेटिभ भेटिए पनि १० दिन आइसोलेसनमा बसेपछि टेष्ट नै नगरी बाहिर निस्कन पाइन्थ्यो ।

यसैगरी मंगलबारदेखि नै सार्वजनिक यातायात र पसलहरुमा मास्क लगाउन अनिवार्य गरिएको बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविदले जानकारी दिएका छन् तर पव तथा रेष्टुराँहरुमा भने लगाउनु पर्ने छैन ।बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार नयाँ नियमहरु घोषणा गरे पनि कहिलेदेखि लागू हुने बताएका थिएनन् ।

दक्षिण अफ्रिकामा को’रोना भाइरसको नयाँ रुप बी वान वान फाइव टु नाइन भेटिएपछि सबैतिर स’तर्कता अपनाइएको छ । बेलायतमा पनि सो भे’रियन्टको दुईवटा के’स फेला परेका छन् ।