बेलायतले नेपालबाट १० हजार नर्स लैजाने, पहिलो चरणमा २ सय जाने, वार्षिक तलब ७६ लाख

काठमाडौं। बेलायतले नेपालबाट १० हजार नर्सको माग गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमका अनुसार बेलायत सरकारले १० हजार नर्सको माग गरेका छन्।

जस अन्तर्गत पहिलो चरणमा नेपालबाट २ सय नर्स बेलायत जानेछन्। बेलायत सरकारले विभिन्न देशबाट १ लाख नर्स लैजाने योजना अघि सारेको छ। जसअन्तर्गत नेपालबाट पनि १० हजार नर्स लैजाने भएको हो। मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेका अनुसार हाल बेलायतमा नेपाली नर्स पठाउने विषयमा अध्ययन गर्न सुरु भइसकेको छ।

मन्त्रालयले जीटुजीमार्फत् नर्स पठाउने तयारी गरेको हो। बेलायत सरकारले पठाएको चिठीमा नर्सलाई शून्य लागतमा लैजाने भनिएको पनि प्रवक्ता घिमिरेले बताए। बेलायत सरकारले हाल अनौपचारिक कुराकानीमा नेपाली नर्सलाई वार्षिक ४८ हजार पाउन्ड दिने बताएका छन्। यो भनेको वार्षिक नेपाली ७३ लाख रुपैयाँ हो।

यो पनि – मंगलबारदेखि बेलायत आउने यात्रुहरुले पीसीआर टेष्ट गराउनु पर्ने भएको छ ।बेलायत सरकारले आइतबार एक सूचना जारी गर्दै मंगलबार, नोभेम्बर ३० बिहान ४ बजेपछि युके आइपुग्ने यात्रुहरुले प्यासेन्जर लोकेटर फर्म भर्नपर्ने र पिसीआर टेष्टसमेत बुक गरेको हुनुपर्ने बताएको छ ।

यसअघि बेलायत आउँदा ल्याटरल फ्लो टेष्ट मात्र गरे पुग्नेमा को-भि’डको नयाँ भेरियन्ट फेला परेपछि नयाँ नियम जारी गरिएको हो ।यसरी टेष्ट गर्दा पोजेटिभ भेटिएमा नेगेटिभ नआएसम्म आइसोलेसनमा बस्न पर्नेछ । यसअघि पोजेटिभ भेटिए पनि १० दिन आइसोलेसनमा बसेपछि टेष्ट नै नगरी बाहिर निस्कन पाइन्थ्यो ।

यसैगरी मंगलबारदेखि नै सार्वजनिक यातायात र पसलहरुमा मास्क लगाउन अनिवार्य गरिएको बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविदले जानकारी दिएका छन् तर पव तथा रेष्टुराँहरुमा भने लगाउनु पर्ने छैन ।बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार नयाँ नियमहरु घोषणा गरे पनि कहिलेदेखि लागू हुने बताएका थिएनन् ।

दक्षिण अफ्रिकामा को’रोना भाइरसको नयाँ रुप बी वान वान फाइव टु नाइन भेटिएपछि सबैतिर स’तर्कता अपनाइएको छ । बेलायतमा पनि सो भे’रियन्टको दुईवटा के’स फेला परेका छन् ।