भीम रावलद्वारा ओलीको प्रस्ताव अस्वीकार

केपी ओलीले भीम रावल, सुवास नेम्वाङ तथा विष्णु पौडेललाई पार्टीको उपाध्यक्ष बनाउन प्रस्ताव गरेका छन् । शंकर पोखरेललाई महासचिव बनाउने ‌ओलीको प्रस्ताव छ ।त्यस्तै घनश्याम भुसाललाई उपमहासचिव बनाउने ओलीको प्रस्ताव छ ।

तर, भीम रावलले ओलीको प्रस्ताव अस्वीकार गरेका छन् ।महाधिवेशनको अध्यक्षमण्डलमा अध्यक्ष ओली, उपाध्यक्षहरू भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य सदस्य रहेकाm छन् । त्यस्तै महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ पनि रहेकाm छन्

त्यसैगरी स्थायी कमिटी सदस्यहरू टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा र लालबाबु पण्डित पनि अध्यक्षमण्डलमा हुनुुहुन्छ । अध्यक्षमण्डलको बैठकपछि बन्दसत्र सुरु हुने बताइएको छ । बैठकले पदाधिकारी र केन्द्रिय सदस्यको नाममा सहमति गर्ने र आजै घोषणा गर्ने सम्भावना रहेको नेताहरुले बताएका छन् ।

बन्दसत्र स्थलबाहिर अध्यक्ष ओलीको नेतृत्वमा सर्वसम्मत हुनुपर्ने माग गर्दै कार्यकर्ताले नाराबाजी गरिरहेका छन् । बिहान १० बजे शुरु हुने भनिएको बन्दसत्र साँझ ७ बजे सुरु हुने भनिए पनि ढिला गरी सुरु भएको हो । आठ बजेपछि प्रतिनिधिहरु बन्दसत्र हलमा प्रवेश गरेका थिए ।