एमालेको निर्वाचन कार्यतालिका सार्वजनिक, भोलि मतदान हुने

चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको तेस्रो दिन निर्वाचन प्रक्रियालाई पूर्णता दिन मतदाता नामावली प्रकाशन गरिएको छ ।दशौं राष्ट्रिय महाधिवेशनका लागि

निर्वाचित र मनोनित प्रतिनिधिहरुको नाम मतदाताका रुपमा प्रकाशन गरेर बन्दसत्र भएको स्थलमा टाँस गर्न लागिएको एमालेको निर्वाचन आयोगले जनाएको छ ।एमालेका महाधिवेशन प्रतिनिधि नै मतदात हुन् । सर्वसम्मत रुपमा नाम प्रस्ताव गरिएका व्यक्तिले असहमति जनाएर

चुनावी प्रतिस्पर्धा गर्न चाहेमा ती पदमा मतदान गर्नेगरि मतदाता नामावली प्रकाशन गरिएको हो ।महाधिवेशनको चुनावी प्रक्रियालाई कानूनी रुपमा पनि प्रमाणित गर्न मतदाता नामावली प्रकाशन तथा उम्मेदवारहरुको मनोनयन प्रक्रियालाई पूर्णता दिनुपर्ने हुन्छ ।

राति ११ बजे मतदाता नामावली प्रकाशन गरेर साढे ११ बजेसम्म उम्मेदवारको दरखास्त फारम वितरण गर्ने र राति १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम तय भएको छ ।सर्वसम्मति नभएको अवस्थामा मतदानको समय भने सोमवार विहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म तोकिएको छ ।