… र मलाइ भन्न मन लाग्यो ‘गर्ल्स होस्टेल’को नाममा अनेक धन्दा ।

अनिता ढकाल– म नेपालगन्ज बाट कलेज पढ्न अनि अन्य समएमा लोक सेवाको कक्षा लिने सोच बनाएर काठमाडौं आइपुगने तरखरमा थिए ।

काठमान्डौको ठुलो सहरमामा केटि मान्छे एक्लै कोठा खोजेर बस्ने आँट त थियो तर कोठामा बस्न सुरुवाती देखिको तयारी अनि पकाऊन खानको झन्झट र तेसै माथि नचिनेको ठाउमा कोठा खोज्न पाउन गारो अनि पाइहाले पनि घरबेटी कस्तो छन् भन्ने देखि सुरक्ष्याको दृस्टीकोणले पनि म लगाएत मेरो परिवार जनलाई पिरोली रहन्थ्यो ।

तेत्तिकैमा मेरो आँखा facebook मा राखिएको बिज्ञापनमा पर्यो । आफ्नै गाउँ ठाउँको केटि मान्छे ले girls होस्टेल खोल्नुभएको रहेछ काठमान्डौमा । तेसै माथि उँहा त लोकसेवा पास गरेको सरकारी जागिरे, मलाइ त के खोज्छस कानो आँखो भने जस्तै भयो ।

आफ्नै दिदि जस्तो मान्छेको होस्टेलमा बस्ने अनि पढ्ने अनि लोकसेवाको तयारीलाई पनि सजिलो होला सरकारी मान्छे भन्ने मनमा लाग्यो । तेसै माथि girls hostel भने पछि आफ्नो लगाउने कपडा बाहेक केहि लानु पनि नपर्ने अनि केटि मात्र भए पछि सुरक्क्षित पनि भईने भन्ने सोचेर उक्त बिज्ञापनमा भएको नम्बरमा फोन गरे ।

आफुले सोचे जस्तै फोनमा पनि राम्रो रेस्पोन्स पाए पछि मा निदो गरे अब म तेही होस्टेलमा बसेर आफ्नो सपना पुरा गर्छु । अनि म अब काठमान्डौको घट्टेकुलोमा अवस्थित hostel मा बस्ने निर्णय गरि काठमाडौं आए ।काठमाडौंको अनामनगर, घट्टेकुलो; मान्छेहरुको भिडभाड ।

तेस्तो भिडको बिचमा अवस्थित शान्त एबम साच्चिकै पारिवारिक वातावरणको girls होस्टेल । धेरै जना मानिसहरु पनि छैनन् शान्त छ । होस्टेल मालिक पनि कति राम्री हँसिली साच्चिकै अनुभव हुन्थ्यो होस्टेलको नाम Carrier Girls Hostel जस्तै मेरो carrier राम्रो हुने भयो । बल्ल मेरो दिन चर्याहरु सुरु हुन लायो ।

बास्तबमैमा होस्टेलको वातावरणले प्रभावित नै थिए । खाने, सुत्ने बेवस्था लगाएत सम्पूर्ण कुराहरुमा म खुसि नै थिए । करिब १५ दिनको बसाई पछि होस्टेलको वातावरण परिवर्तन हुन थाल्यो । नाम girls होस्टेल र होस्टेल मालिक पनि केटि नै भए तापनि होस्टेल मालिकका केटा साथी आफन्तीहरुको आवतजावत राम्रैसंग देख्न पाइन्थ्यो ।

तेती सम्म पनि होस्टेलमा बस्ने मान्छेलाई खासै मतलब हुने कुरा भएन तर बिस्तारै पुरुष मानिसहरुको आवतजावत बाक्लिदै गयो । बिस्तारै होस्टेलको वातावरण नै होस्टेलबाट अर्कै तर्फ गइरहेको अनुभव हुन्थ्यो । बिशेष गरि कुनै छुट्टीको पुर्वसन्ध्यामा, छुट्टिको दिनमा तथा अरु दिनहरुमा पनि उक्त प्रकारका क्रियाकलापहरु बढी नै हुने गर्दथ्यो ।

तेहा आउने पुरुषहरु सुकिला मुकिला नै हुन्थे । प्रायः जसो उस्तै पुरुष पटकपटक आएको जस्तो लाग्दथ्यो । उक्त पुरुषहरु सुस्त आउदथे र केहि घण्टाको बिस्राम पछि आफ्नो बाटो लाग्दथे ।यसरी नै दैनिकी चलिरहेको थियो होस्टेलमा धेरै बिद्धार्थीहरु थिएनन् थोरै थिए तर होस्टेल निकै नै राम्रो संग चलिरहेको भान हुन्थ्यो ।

एकदिन मेरो कोठाको पछाडी पट्टिको कोठाबाट रातिको समएमा केटा मान्छेको आवाज सुनियो । केटाहरु दिउसोको समएमा आउने जाने गर्दा मलाई खासै वास्ता हुदैनथ्यो तर त्यो दिनको रात निदाउन सकिन । राति नै होस्टेल मालिक्नीको कोठामा गएर भन्ने मन थियो तर जसोतसो रात कट्यो बिहानै अरु नउठ्दै मालिकको कोठामा पुग्न थालेको तेहबाट पनि केटा मान्छे निस्केर बाहिर गएको देखे पछि म छाँगाबाट खसेको जस्तो भए ।

पछि बिस्तारै बुझ्दै जादा उक्त होस्टेलमा त्यो कुरा सामान्य रहेछ । छिमेकिहरु धेरैलाई समेत उक्त कुरा थाहा रहेछ । म करिब २ महिना बस्दा सम्म छनक पाउन नसकेको कुरा तेस पछि छर्लङ्ग भए जब बाहिरका मानिसहरु मलाई पनि तेस्तै बिचारले हेर्दा रहेछन । तेसपछि म तेहा नबस्ने निदो गरे तर छोड्नु पुर्व १ पटक होस्टेल मालिक संग यो बिषयमा कुरा गर्न मन लाग्यो ।

दिदि भनेर सम्बोधन गर्ने मालिकलाइ यो बारेमा कुरा राख्दा उहाले यो कुरालाई सामान्य लिएको देख्दा अचम्म परे । उहाले यो सम्पति भाडामा लिएको र यो घर जुन सुकै रुपमा प्रयोग गर्न पाउने तथा बस्न आउने कसैलाई पनि केहि कुराको लागि कर नगरेको सोइक्षाले बस्न आएको र आफुले मन लाग्ने कुरा कोहि अरुलाई दुख नपर्ने गरि गर्न सकिने जानकारी गराउनु भयो ।

अनि मैले यो कार्य गर्न उचित नहुने र येह बस्न आउने कसैलाई पनि यो कुरा पहिलानै थाहा नहुने भएकाले आफु जस्तो अरुलाई एसले नराम्रो असर पर्ने भनेर भन्दा उल्टो उहाले मलाई आफु सरकारी जागिरे भएको र कोहि कसैले यो बारेमा कतै उजुरी तथा निबेदन दिए पनि सजिलै उम्कने तथा तेहा आउने धेरै मान्छेहरु पनि सरकारी ओहोदाका हुने भएकाले केहि नहुने भन्नु भयो ।

त्यो दिन पश्चात मलाई होस्टेलको नाममा गरिने अरु कार्येको बारे थाहा भयो । हुनत काठमाण्डौका सबै होस्टेल तेस्तो हुदैन होला र नहोस पनि तर अब आउने दिनमा आफु कहिल्लै पनि होस्टेलमा नबस्ने तथा कसैलाई होस्टेल बस्न सुझाब नदिने प्रण गरे । र मलाइ भन्न मन लाग्यो Girls Hostel को नाममा अनेक धन्दा ।