लमजुङमा मनाइयो टोपी दिवस

लमजुङ-‘हाम्रो टोपी हाम्रो शान, नेपालीको पहिचान’ भन्ने मूल नाराका साथ राष्ट्रिय टोपी दिवस शनिबार विविध कार्यक्रम गरी लमजुङमा मनाइएको छ ।

युवायुवती आबद्ध विभिन्न क्लब र सामाजिक संघ संस्थाले शनिबार बेंसीसहरमा दिवस मनाएका हुन् । संस्कृति संरक्षणका लागी हरेक वर्ष बेसीशहरमा र्‍याली निकाले रोट्याक्ट क्लब अफ लमजुङका अध्यक्ष मुकेश कवंर बताउँछन् । प्रहरी, प्रशासन, अन्य सरकारी कार्यालय,

गैर सरकारी कार्यालय, युवा क्लब, सामाजिक संघसंस्थामा आबद्ध भएकाहरूले नेपाली टोपी लगाएर र्‍यालीमा उपस्थित भएका थिए । नेपाली टोपीको संरक्षणका लागि युवा पुस्ताले चासो दिएको बेसीशहरका संस्कृतिप्रेमी तेजनारायण अधिकारी बताउँछन् ।

नेपालीको राष्ट्रिय पहिचान झल्कने नेपाली टोपी लगाउने परम्परा हराउँदै गएपछि यसको संरक्षणमा युवापुस्ता जुटेका हुन् । युवावर्गले संरक्षणमा चासो दिनपर्ने कालीका युवा सञ्जालका अध्यक्ष सुगम देउजा बताउँछन् । अन्तर्राष्ट्रिय टोपी दिवस रोट्रयाक्ट क्लब अफ लमजुङ, रोटरी क्लब अफ लमजुङको संयुक्त आयोजनामा मनाइएको हो ।

टोपी दिवसलाई दिवसमा मात्र सीमित नगरी मेलामहोत्सवमा पनि लगाउनुपर्ने बताउँछन् लायन्स टुगेदर वी क्यान लमजुङका अध्यक्ष गणेश घिमिरेको भनाई छ । कार्यक्रममा जेसिज लमजुङ, लायन्स इन्टरनेशनल, लायन्स टुगेदर वी क्यान लमजुङ, लमजुङ कालिका युवा सञ्जाल, लमजुङ कालिका स्काई क्लब, लमजुङ उद्योग वाणिज्य संघ,

ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी), उद्योग वाणिज्य संघ बेंसीशहर इकाईको समन्वय थियो । नेपाली टोपीको पहिचान संरक्षणका लागि भन्दै बेंसीशहरको मनाङ्गेचौताराबाट हाईस्कुलचोक, पुरानो बैंकचोक, भीमसेनस्थानचोक, नारायणस्थान चोक, झिंगेखोला हुँदै सेराबजारसम्म नेपाली टोपी लगाएर र्‍याली निकालिएको थियो ।