काठमाडौँका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठसम्मानित

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ सम्मानित भएका छन् ।सामुदायिक तथा संस्थागत विद्यालयहरुमा स्थानीय पाठ््यक्रमका रुपमा नेपाल भाषाको पठनपाठन सुरु गरेर नेपाल भाषा, लिपी र संस्कृतिको जगेर्नामा योगदान पु¥याएको भन्दै उनीहरुलाई नेवाः स्यनामि दबू, नेपाल मण्डलले सम्मान गरेको हो ।

आयोजकले, महानगरले पठनपाठन गराउन थालेको स्थानीय पाठ्य पुस्तक ‘येँ दे म्हसीके’, भाषा प्रशिक्षणका लागि सहायक प्रशिक्षकको नियुक्ति, संस्थागत विद्यालय पनि स्थानीय पाठ्यक्रम लागु गर्नका लागि मेयर उपमेयरको नेतृत्वमा भएको नीतिगत निर्णयले स्थानीयको भाषिक अधिकारलाई सुनिश्चित गराएको भन्दै प्रशंशा गरेका थिए ।

सम्मानपछि बोल्दै मेयर विद्यासुन्दर शाक्यले स्थानीय भाषा, कला, संस्कार, संस्कृति, सम्पदा, साहित्य र सिर्जना जोगाउन सरकारको तर्फबाट जिम्मेवारी पूरा गरेको बताए । मेयर शाक्यले भने, ‘नेपाल भाषाको अध्ययनका लागि आधारभूत तहमा पाठ््यक्रम कार्यान्वयनमा आइसकेको छ ।

यसलाई माध्यमिक तहसम्म पु¥याउँछौँ । यस्तै विश्वविद्यालयको स्नातकोत्तर तहमा अध्यापन गराउन त्रिभुवन विश्वविद्यालयलाई सहयोग गरेका छौँ ।’उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले भनिन्, ‘हामीले धेरै काम गरेका छौँ । काठमाडौँ संघीय राजधानी भएकोले साना र नियमित काम देखिँदैनन् । हामी सरकार भएको अनुभूति गराउने प्रयास गरिरहेका छौँ ।’

त्यस क्रममा नेपाल भाषाको पाठ््यक्रम लागु गर्ने निर्णय कार्यान्वयनमा उल्लेखनीय भूमिका खेलेका शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी, शिक्षा अधिकृत मोती खनाल, सहरी योजना आयोगका सदस्य गुजेश्वरी श्रेष्ठ, सहायक विज्ञ सुरेशकिरण मानन्धरलाई सम्मान प्रदान गरिएको थियो ।