विहारमा म’दिरा बन्द भएपछि नयाँ वर्ष मनाउन नेपालमा भारतीयको भिड

विराटनगर : बितेको वर्षलाई स-सम्मान बिदाई गर्ने र आउँदो वर्षको स्वागतमा स्पष्टता र उत्साह साथ मनाउन भारतीयहरुको गन्त्वय सधैँझै यो वर्ष पनि नेपाल बनेको छ। नयाँवर्ष मनाउन भारतीयहरु आएकाले सिमावर्ती बजारमा भिड बढेको छ । अंग्रेजी नयाँ वर्ष मनाउने भारतको विहार प्रान्तका बासिन्दाहरुको चाहना यस पटक नेपालको सिमावर्ती बजार बनेको हो ।

विहारमा म’दिरा विक्रि वितरणमा रो’क लगाएकाले उनीहरु म’दिराको चु’स्कीसंगै उत्साहका साथ नयाँ वर्ष बनाउन नेपाली सिमावर्ती बजारलाई गन्त्वय बनाएको बताइको छ। बितेको वर्ष २०२१लाई समानपूर्वक बिदाई गर्न र अंग्रेजी महिनाको २०२२ लाई हर्षोउल्ला सका साथ मनाउन विराटनगरको सिमावर्ती बजार रानीहुँदै विराटनगर, इटहरी, भेडेटार, हिले र धनकुटा लगायतका सुरक्षित बजारमा संचालनमा रहेको होटल तथा लजहरुमा बस्न शुक्रबार देखि नै भारतीय नागरिकको भिड लागेको छ। उनीहरुको मोरङको रानी, सुनसरीको सिमावर्ती बजार भण्डाबारी ,कोशी व्यारेज हुँदै भारदह बजारसम्म पुग्ने गरेको पाइएको हो ।

कोशी ब्यारेजमा पूर्णिमाको दिन ठूलो मेला लाग्ने भएकाले भारदह, मधवापुर लगायतका रहेका आफ्ना आफन्तको घरमा शुक्रवार देखि नै पाहुना आएर बसेका छन् । कतिपयले विहारमा मदिरा पिएको अवस्थामा प्रहरीको फन्दा परे कारवाही हुने डरले पश्चिम बगाल को सिलीगुड्डीको पानीट्याङी हुँदै बिर्तामोड, मुलघाटसहित इलामको होटलहरुमा बास बसेर नयाँ वर्ष मनाइरहेका छन् । मोरङ ट्राफिकका अनुसार शुक्रवार बिहानैदेखि भारतीय गाडीहरु ब्यालुन सहित माला लगाएर नेपाल प्रवेश गरेको छन् । अन्य दिनको तुलनामा सिमावर्ती क्षेत्रमा बढी भिडभाड रहेकाले व्यापक प्रहरी परिचालन गरीएको छ । अन्नपुर्ण पोस्टमा खबर छ ।