अतिक्रमित नेपाली भूमि नाबी र गुन्जी किन पुगे उत्तराखण्डका गभर्नर ?

दार्चुला : भारतको उत्तराखण्डका गभर्नर गुर्मित सिंहले नेपाली भूमि नाबी र गुन्जीको भ्रमण गरेका छन्। सिंहले शनिबार भारतले अतिक्रमित गरेको भूमि नाबी र गुन्जीको भ्रमणा गरेको ट्वी’टमा उल्लेख गरेका छन्। उनले त्यहाँ पुगेर भारतीय सुरक्षाकर्मी र स्थानीयसँग अन्तर्क्रिया समेत गरेका छन्।

सिंहले भारतीय सीमा सडक संगठनले सीमा क्षेत्रमा गरिरहेको पूर्वाधार विकासको उच्च प्रशंसा गर्दै भारतीय सुरक्षा कर्मीले सीमा सुरक्षामा खेलेको भूमिकाको पनि प्रशंसा गरेका छन् । ‘गुन्जी र नाबीमा श्रम गरिरहेका सुरक्षाकर्मी तथा यहाँका स्थानीय वासीलाई भेट्न पाउँदा उत्साहित भएको छु,’ उनले लेखेका छन्।’ गभर्नर गुर्मित सिंहले भारतद्वारा अति’क्रमित नेपाली भूमि नाबी र गुन्जीका भारतीय सुरक्षाकर्मी र स्थानीय बासिन्दासँग अन्र्तक्रिया समेत गरेका छन्।

सिंह भारतीय सेनाका पूर्व लेफ्टिनेन्ट जनरल हुन्। उनी गत सेप्टेम्बर १५ मा मात्रै उत्तराखण्डको गभर्नर नियुक्त भएका थिए । नेपाल र ब्रिटिस इन्डिया कम्पनी बीच सन् १८१६ मा सम्पन्न सुगौली सन्धिको धारा ५, त्यस समयमा प्रकाशित नक्साहरु र ऐतिहासिक तथ्य एवं प्रमाण अनुसार काली (महाकाली) नदी र सोपूर्वका लिम्पियाधुरा, कुटी, नाबी, गुंजी, कालापानी र लिपुलेकलगायतका क्षेत्र नेपाली भूमि हुन्। तर यी क्षेत्र र गाउँ दशकौंदेखि भारतीय कब्जामा छन्।

राणाकालमा कुटी, नाबी, गुन्जी, छाडरु र तिङ्कर पाँचै गाउँको सिर्दो (मालपोत) उठाउने भनी नेपाल सरकारबाट त्यहाँका जिम्मावाललाई दिएको सनद पत्र सरकारले अध्ययनका क्रममा गतबर्ष जम्मा पारेको थियो । त्यहाँका जनताहरूसँग भएका जग्गाका प्रमाण र तिरो तिरेका रसिदहरू नेपाल सरकारसँग सुरक्षित रहेको सरकारी अधिकारीहरु बताउँछन्।

तिनै नेपाली गाउँको भ्रमण गरेर नेपालसंग सीमा जोडिएको भारतीय राज्य उत्तराखण्डका गभर्नर सिंहले भारतीय सीमा सडक संगठनले सीमा क्षेत्रमा गरिरहेको पूर्वाधार विकासको उच्च प्रशंशा पनि गरेका छन्।‘गुन्जी र नाबीमा श्रम गरिरहेका सुरक्षाकर्मी तथा यहाँका स्थानीयवासिलाई भेट्न पाउँदा उत्साहित भएको छु’, उनले ट्विटमा भनेका छन।

उनले उत्तराखण्ड राज्य सरकारका तर्फबाट भारतीय सुरक्षाकर्मीलाई जाडोमा लगाउने ज्याकेट समेत वितरण गरेका छन्। भारतीय सुरक्षाकर्मीले सीमा सुरक्षामा खेलेको भूमिकाको उनले प्रशंशा गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारी चलि रहंदा भारतीय राज्य उत्तराखण्डका गभर्नरले अतिक्रमित नेपाली भूमिको भ्रमण गरेका छन्। देउवा पुस २५ गते भारतको चार दिने भ्रमणमा जाने तयारीमा छन्।

गुजरातमा हुन लागेको एक सम्मेलनका लागि जान लागेका देउवाले नयाँ दिल्लीमा समकक्षि नरेन्द्र मोदीसंग द्विपक्षिय भेटवार्ता गर्ने तय भइसकेको छ। नेपालले कालापानी क्षेत्र समेटेर राजनीतिक नक्सा जारी गरेयता नेपालबाट भारतमा हुन लागेको योनै पहिलो प्रधान मन्त्रीस्तरीय भ्रमण हो। तर भ्रमणमा कालापानीको सवालमा देउवाले कुराकानी गर्लान् या नगर्लान् प्रतिक्षाको बिषय बनेको छ।