विमान उडेपछि को’रोना पुष्टि, ५ घण्टा शौचालयमै ‘आइसोलेसन’

काठमाडौँ — एकजना अमेरिकी शिक्षिकाले विमानमा उडिरहेका बेला को-रोना सं’क्रमित भएको थाहा पाएपछि शौचालयमै ५ घण्टा बिताएको बताएकी छिन्। गत डिसेम्बर २० मा आइसल्यान्ड एयरमार्फत अमेरिकाको सिकागोबाट आइसल्यान्ड को रिक्याभिकको यात्रा गरिरहेका बेला मारिसा फोसियोले आफूलाई विमानको शौचालयमै आइसोलेट गरेकी हुन् । विमानमा घाँटी दुखेपछि उनले आफूसँगै ल्याएको र्‍यापिड टेस्ट किटमार्फत को-भिड परीक्षण गरेकी थिइन् ।

परीक्षणमा पोजिटिभ देखिएपछि उनले बाँकी यात्रा शौचालयमै बसेर पूरा गरेको बताएकी छिन् । विमान परिचारिकाले शौचालयमै उनलाई खाना र पेय पदार्थ उपलब्ध गराएकी थिइन्। विमान चढ्नु अघिनै उनले को-भिड परीक्षणको रिपोर्ट बुझाउनुपर्ने अवस्था थियो/ थिएन भन्नेबारे भने अहिलेसम्म केही खुलेको छैन । ‘यो एउटा अद्भुत अनुभव थियो,’ मिसिगनकी स्थायी बासिन्दा फोसियोले एनबीसी न्युजसँग भनिन्, ‘विमानमा १५० जना यात्रु थिए । अरुलाई सं’क्रमण हुन्छ भन्ने मलाई ठूलो ड’र थियो।’

विमानको शौचालयमा आइसोलेट भएर बस्दाको भिडियो उनले टिकटकमा पनि पोस्ट गरेकी छिन्। अहिलेसम्म उक्त भिडियो ४४ लाखभन्दा बढी पटक हेरिएको छ। उनले विमान परिचारिकाको पनि प्रशंसा गरेकी छिन् । ५ घण्टासम्म आफूलाई चाहिने सबै चिजको प्रबन्ध मिलाइ दिएको र बेला बेलामा आफ्नो हालखबर सोधिरहेको भन्दै उनले परिचारिकाको प्रशंसा गरेकी हुन् ।

रिक्याभिक पुगेपछि भने उनले रेड क्रस होटेलमा आइसोलेसनमा बसेकी थिइन्। पछिल्लो समय ओ’मिक्रोन र डेल्टा भेरिएन्टका कारण अमेरिका र युरोपेली मुलुकहरूमा सं’क्रमण तीव्र रूपमा विस्तार भइरहेको छ। समाचार संस्था रोयटर्सका अनुसार विश्वभर दैनिक ९ लाखको हाराहारीमा सं’क्रमण पुष्टि भइरहेको छ ।