‘प्रचण्ड’ सहित माओवादीका शिर्ष नेताहरुले कार्यकर्ताकै लहरमा बसेर खाए खाना

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाद प्रचण्डका साथै पार्टीका शिर्ष नेताहरुले कार्यकर्ता कै लहरमा बसेर खाना खाएका छन् । पार्टीको आठौँ जारी महाधिवेशनका क्रममा अध्यक्ष प्रचण्डका साथै उपाध्यक्ष नारायण काजी श्रेष्ठ, लिलामणी पोखरेल लगायतका नेताहरुले कार्यकर्ताकै बिचमा रहेर खाना खाएका हुन् ।

जो अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमा पेस गरे अनुसारको व्यवहार हो। अध्यक्ष प्रचण्डले आठौँ महाधिवेशनको राजनीतिक प्रतिवेदनमा पार्टीलाई नयाँ विचार र नयाँ कार्यदिशाकामा अघि लैजानका लागि गरेसँगै नेता–कार्यकर्ताहरुको आचार र व्यवहारलाई जनमुखी बनाउने उल्लेख गरेका थिए । जसलाई पार्टीले पास गर्ने निर्णय समेत गरेको थियो । उक्त निर्णय अनुसार नै माओवादीका शिर्ष नेताहरुले कार्यकर्ता माझमै बसेर खाना खाएका हुन ।

जारी महाधिवेशनकै क्रममा नेताहरुले व्यवहार र जीवनशैलीमा परिवर्तनका केही उदाहरण प्रस्तुत गर्न खोजेका हुन् । जनयु’द्धका क्रममा जनताको घरदैलोमा पुगेर सामान्य हैसियतमै गाउँ घरका परम्परागत खाना खाएर सं’घर्ष गरेका नेताहरु विला’सी बन्दै गएको, सुविधाभोगी हुँदै गएको आ’रोप पछिल्लो समय व्याप्त थियो । आठौं राष्ट्रिय महाधिवेशन मार्फत नेताहरुको आचरण, व्यवहार र जीवनशैलीलाई जनमुखी बनाउनका लागि विभिन्न निर्णय गरिएका छन् ।