विमानस्थलबाट ५० लाख नगद सहित सौर्य एयरलाइन्सकी कर्मचारी प’क्राउ

काठमाडौं : त्रिभुवन विमानस्थलबाट सौर्य एयरलाइन्सकी कर्मचारी स्रोत नखुलेको ५० लाख नगद सहित प’क्रा उ परेकी छन् । काठमाडौंस्थित एयरलाइन्सको असिस्टेन्टको रुपमा कार्यरत रेखा शाक्य पोखरेललाई विमानस्थल प्रहरीले प’क्रा उ गरेको हो ।

शनिबार दिउँसो विराटनगरबाट काठमाडौं आएको जहाजमा स्रोत नखुलेको रकम आएको बारे सूचना आएपछि सादा पोसाकमा खटिएको प्रहरीले चेकजाँच गर्दा १ हजार दरका ४९५० वटा र ५०० दरका १०० वटा गरी जम्मा ५० लाख नगद बरामद भएको थियो। झोलाभित्र करेन्ट चाउचाउ लेखिएको कार्टुन भित्रको सो रकम भन्सार उद्‍घोष भएको नपाइएको प्रहरीको भनाइ छ ।

विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीलाई प्राप्त भएको गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा रातो रंगको ब्याग चेकजाँच गर्दा उक्त ब्याग भित्र लुकाई छि’पाई राखेको नगद बरा’मद भएको थियो । उक्त रकम संकलन गर्न आउने पोखरेललाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन पठाइएको विमानस्थल प्रहरीले जनाएको छ ।