पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन माग गर्दै राप्रपाद्वारा ज्ञापनपत्र पेश

काठमाडौं : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। आज बालुवाटार पुगेर लिङ्देनसहित राप्रपा नेताहरूले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गरेका छन् । राप्रपा नेता मोहन श्रेष्ठका अनुसार पृथ्वी जयन्तीका दिन पुस २७ मा बिदा दिन राप्रपा प्रतिनिधिमण्डलले माग गरेको हो।

साथै पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनुपर्ने पनि राप्रपाको माग छ। राप्रपाले प्रधानमन्त्री देउवालाई पृथ्वी जयन्तीमा बिदा दिन माग गर्दै ज्ञापन पत्र पनि बुझाएको छ। अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई आइत बार प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरि ज्ञापनपत्र पेश गरेको हो । सो पार्टीले उक्त दिनलाई पर्वका रुपमा मनाउन समेत माग गरेको छ ।

विसं १७७९ मा गोरखामा जन्मनु भएका पृथ्वीनारायणले २२ से र २४ से राज्यमा विभाजित नेपाललाई एकीकरण गरेका थिए । सात महिनामा तन्त्रविधिबाट उनको जन्म भएको थियो । पृथ्वी जयन्तीमा पहिले सार्वजनिक बिदा दिने गरिएकामा हाल कटौती गरिएकामा पुनःबिदा दिई देशभर मनाइनु पर्ने माग हुन थालेको छ ।