विवाह लगत्तै विवादमा विक्की कौशल

काठमाडौं। बलिउड अभिनेता विक्की कौशल अभिनेत्री कटरीना कैफसँग विवाहपछि काममा फर्किएका छन् । उनी अहलिे नयाँ फिल्म ‘लुका–छिपी २’ को सुटिङका लागि मध्य प्रदेशको इन्दौरमा छन्। केही दिन अघि मात्र अभिनेताको केही तस्बिर र भिडियो सामाजिक सञ्जालमा आएका थिए। उनी अभिनेत्री सारा अली खानका साथ इन्दौरमा सुटिङमा छन्। फिल्मको एक दृश्यमा विक्कीले सारालाई बाइकमा राखेर सहर घुमाउनुपर्ने हुन्छ।

यही दृश्यको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। अहिले यही दृश्यलाई लिएर विवा’द सुरु भएको छ। विक्की माथि सुटिङका समयमा नक्कली नम्बरको गाडी प्रयोग गरेको आरोप लागेको छ। प्रहरी अधिकारीहरू र आरटीओले फिल्म निर्माताले गैर कानुनी काम गरेको दाबी गरेका छन् । यही विषयमा प्रहरीले अनुसन्धान पनि सुरु गरेको छ। बाइकका मालिक इन्दौरका जयसिंह यादव हुन् ।

भिडियोमा देखिएको बाइकको नम्बर जयसिंहकै हो। जयसिंहले पनि अन्य व्यक्तिले भनेपछि मात्र आफ्नो बाइक नम्बर प्रयोग गरिएको थाहा पाएका थि ए। उनले बाइक एरोड्रम शो रुमबाट २५ मे २०१८ मा किनेका थिए । फिल्म निर्माताले उनको एक्टिवाको नम्बर कसरी लगाए र यो नम्बरको बाइक दुर्घटनामा भएको भए को जिम्मेवार हुन्थ्यो भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले विक्की र निर्माता माथि कारबाही हुनुपर्ने माग राखेका छन्।