जब विद्यार्थी र गाउँवासीले हात्तीमा बसाएर बाजा गाजासहित गरे शिक्षकको बिदाइ

काठमाडौं : शिक्षकको सेवा निवृत्त भएको दिन विद्यार्थी र गाउँवासीले हात्तीमा बसाएर अनौठो बिदाइ गरेका छन् । शिक्षकको सम्मानमा बाजा गाजा सहित गाउँ घुमाएका थिए । यो खबर हो भारत राजस्था न भील वाडा स्थित शाहपुराको ।

३१ डिसेम्बरमा एक सरकारी स्कूलमा कार्यरत शिक्षक भंवरलाल शर्माको सेवा निवृत्त भएकोमा कार्यक्रम राखिएको थियो । उनी २० वर्षदेखि सो विद्यालयमा पढाइ रहेका थिए । ८ महिना अघि उनको सोही विद्यालय अन्तर्गत पर्ने सरदारपुरा विद्यालयमा सरुवा भएको थियो । हिउँदको बिदा र लामो समय सो विद्यालयमा बसेका कारण विद्यार्थी र गाउँलेमा उनीप्रति निकै सम्मान र प्रेम थियो ।

जसकारण गाउँले र विद्यार्थीले उनलाई यसरी बिदाइ गरेका हुन् । उक्त कार्यक्रममा शिक्षकले आफ्नो व्यक्तिगत कोषबाट विद्यार्थीलाई कम्प्युटर शिक्षाका लागि दुई लाख रूपैयाँ पनि दिएका छन् । साथै बिदाइका दिन कवि सम्मेलन पनि गरिएको थियो । विद्यार्थीहरू उनलाई आइकन मान्थे । ३१ डिसेम्बरमा एक सरकारी स्कूलमा कार्यरत शिक्षक भंवरलाल शर्माको सेवा निवृत्त भएकोमा कार्यक्रममा शिक्षकको सम्मानमा बाजा गाजा सहित गाउँ घुमाएका थिए ।