दावाले पञ्चसामु एक वोतल रक्सी राखेर शिर उठाइदिए राजेश पायल राईको

काठमाडौं । चर्चित गायक राजेश पायल राईमाथि भएको दु’र्व्य’वहार पछिको विवा’द साम्य भएको छ । गायक राई माथि आ क्रम’ण गर्ने दावा पासाङ शेर्पाले मा’फि मागेसँगै उक्त विषय साम्य भएको हो । जनवारी दुई अर्थात आइतबार अमेरिकास्थित न्यूयोर्कमा पञ्च भलादमी सहितको उपस्थितमा शेर्पाले गायक राईलाई एक बोतल र’क्सी राखेर क्ष’मा मागेका थिए ।

किरात समुदायको परम्परागत संस्कार अनुसार कसैले गल्ती गरे समाज (पञ्च)सामू एक वोतल र’क्सी राखेर (माफि माग्नु) ढोगवेद गरे मेलमिलाप हुने अर्थात क्षमा दिने गरिन्छ । जसलाई किरात समुदायमा ‘शिर उठाउने’ भनिन्छ । गायक राई माथि प्रस्तुति दिँदै गर्दा स्टेजमै आ क्रम’ण गरिएपछि उक्त विषयले सामाजिक संजाल तथा सांगीतिक क्षेत्रमा तरङ्ग पैदा भएको थियो ।

उक्त घटनप्रति संगीतसँग सम्बन्धित विभन्न संस्था तथा व्यक्तिहरुले घोर भ’त्र्सना गरेका थिए । उता आ क्रम’णमा परेका राईले भने कुनै पनि नकारात्मक टिप्पणी गरेका थिएनन् । बरु उनले पछाडीबाट आएका अंगा’लोहरु स्वीकार्य रहेको। तर अगाडिबाट आएको ज्वा’लामुखी पनि नि’ल्न सक्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए । उक्त विषयमा आयोजकले भने शेर्पा राजेशको फ्यान भएकोले उनले अंगालो मारेको स्पष्टिकरण दिएको थियो ।