राजेशपायल राईमाथि हा’तपात गर्ने शेर्पाले मा’फी मागे

काठमाडाैं । गायक राजेश पायल राईमाथि दु’र्व्यव’हार गर्ने पासाङ दावा शेर्पाले खाँदा ओढाएर मा’फी मागेका छन्। अमेरिकाको न्यूयोर्कमा आयोजित एक कन्सर्टमा गीत गाइ रहेका गायक राईमाथि स्टेज मै गएर शेर्पाले दु’र्व्य’वहार गरेका थिए। गायक राईमाथि भएको दु’र्व्य’वहारको चौतर्फी विरो’ध भएको थियो।

राईले आफ्नो फेसबुकमा राखिएको एउटा भिडिओमा आयोजकसँगै दुर्व्यवहार गर्ने पासाङ दावा शेर्पाले माफी मागेको र उनले मा’फी दिएको देखाइएको छ। सो क्रममा शेर्पाले आफूबाट गल्ती भएको स्वीकार्दै राईलाई खादा ओढाएर माफी मागेका छन्। ‘मैले उहाँ माथि दु’र्व्य’वहार गर्न पुगेछु, त्यसले गर्दा उहाँ (राजेश पायल राई)लाई धेरै डि’स्टर्व भएको महसुस गरेँ। म राजेश दाइँसँग मा’फी माग्छु। उहाँको म ठूलो प्रशंसक हुँ,’ उनले भने।

यसैबीच गायक राईले मानिसबाटै ग’ल्ती हुने भन्दै आफूले मा’फी दिएको बताएका छन् । ‘अस्तिको घटनाबारे उहाँले मा’फी मागि सक्नु भएको छ, मेरो शुभ चिन्तक, नेपाली गीत संगीतलाई मायाहरू र सम्पूर्णलाई हामीहरू मिलि सकेको कुरा जानकारी गराउन चाहन्छु, मैले उहाँलाई मा’फी दिएको छु’ राईले भने। देश बाहिर रहेकाले आ-आफ्नो कर्म गर्नुपर्ने बताउँदै गायक राईले अब ग’ल्ती नगर्न आग्रह गरेका छन्।