रेशम चौधरीले आज नयाँ दल दर्ता गर्दै, झाँकी सहित निर्वाचन आयोग जाँदै

काठमाडौं । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)का नेता रेशम चौधरीले आज नयाँ दल दर्ता गर्ने भएका छन् । चौधरी हाल कारगार मै रहेकाले उनकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा नयाँ दल दर्ता हुन लागेको हाे । दल दर्ताका लागि बाजागाजा एवं सांस्कृतिक झाँकी सहित एक टोली निर्वाचन आयोग गइरहेको छ ।

निर्वाचन आयोगमा पुग्नुअघि उक्त टोली भृकुटी मण्डपमा भेला भएको जनाइएको छ । सुरुमा नागरिक उन्मुक्ति पार्टीको नेतृत्व रञ्जिता श्रेष्ठले गर्नेछिन् । २०७४ सालको निर्वाचनमा व्यवस्थापिका संसदमा समेत निर्वाचित उनले नागरीक उनमुक्ती पार्टी नामका नयाँ दल दर्ता गर्न लागेको बताइएको छ । पछि आफू नै अध्यक्ष रहनेगरी चौधरीले पार्टी दर्ता गर्न लागेका हुन् ।

सो पार्टीका नेता-कार्यकर्ताहरु चौधरीका तस्वीर अंकित प्लेकार्ड र ब्यानर बोकेर दल दर्ताको निवेदन दिन निर्वाचन आयोगको कार्यालयमा पुगेका हुन् । उनीहरु काठमाडौंको भृकुटीमण्डपबाट बाजागाजा र झाँकी सहित आयोगको कार्यालय कान्ति पथ पुगेका छन् । र्‍यालीमा चौधरीकी श्रीमती समेत छिन् । जसपाको आधिकारिकता विवाद निरुपणको क्रममा निर्वाचन आयोगले गराएको सनाखतमा उनी तटस्थ बसेका थिए ।