गाउँपालिका उपाध्यक्ष एमाले छाडेर कांग्रेसमा प्रवेश, गगन थापाले गरे स्वागत

काठमाडौं : नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले नेकपा एमालेबाट निर्वाचित अर्घाखाँची पाणिनि गाउँ पालिका उपाध्यक्ष लक्ष्मी गौतमलाई काँग्रेसमा प्रवेश गराएका छन् । अर्घाखाँची पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम सहित करिब २ सय जनालाई काँग्रेस प्रवेश गराइएको काँग्रेस पाणिनी गाउँपालिकाले जनाएको छ ।

पाटी प्रवेश तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्न काँग्रेस केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल, सञ्जय गौतम, युवा नेता डिल्लीराम सुवेदी लगायत कार्यक्रममा सहभागी रहेको काँग्रेस अर्घाखाँचीका नेता डा इन्द्रमणि पौडेलले जानकारी दिए ।​ दुर्गा फाँटमा आएका छन् कार्यक्रममा करिब ८ हजार मानिसको जनसहभागिता रहेको आयोजकले जनाएका छन् ।

नवप्रवेशीलाई नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा स्वागत गरे। पार्टी प्रवेश तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्न कांग्रेस नेताहरू पुष्पा भुसाल, सञ्जय गौतम, युवा नेता डिल्लीराम सुवेदी लगायतका नेताहरू कार्यक्रममा सहभागी छन् । नेकपा एमाले, नेकपा माओवादीका केही नेता/कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।