दुरुस्तै मानव आकृति देखिने इटालीको एउटा सहरका तस्विर, जसका कारण फोटोग्राफरले खाए गा’ली

रोम- इटालीको एउटा सहरको एरियल तस्विरहरु दुरुस्तै मानव आकृतिजस्तै देखिएका छन् । सिसिली टापुको सानो सहर सेन्टुराइप सहरको ड्रोनले खिचेको तस्विर दुरुस्तै मानिसजस्तै देखिएको हो ।

तस्विरमा प्रष्ट पाँच आकार देखिन्छ । स्थानीय फोटोग्राफर पिओ एन्ड्रिया पेरीले सवैभन्दा पहिले ड्रोनबाट तस्विर खिचेका थिए । गुगल अर्थमा मानव आकृतिको सहर देखेपछि उनले ड्रोनबाट तस्विर खिचेका थिए । उनल सेन्टुराइप सहरमा माथिल्लो उचाईमा ड्रोन उडाएका थिए ।

‘यो तस्विर खिच्ने निकै कठिन भएको थियो,’ उनी भन्छन्, ‘ड्रोन सीमित उचाइमा पुग्ने भएकोले मैले धेरै स’ट प्रयोग गरेको थियो ।’ड्रोनबाट खिचिएको तस्विरमा मानिसको आकृतिबाहेक विभिन्न चिजसँग मेल खाएको छ । पाँच बिन्दुको तार, फैलिएको पखेंटा र प्रसिद्ध चित्रकार लियोनार्दो दा भिन्चीको मानव आकृति (भिर्तुभियन) सँग तस्विर मेल खान्छ ।

पिओले आफूले खिचेको तस्विरलाई इस्टाग्राम पेजमा राखेका छन् । तस्विरसँग धेरैजसो व्यक्ति झु’क्किएका छन् । धेरैले तस्विरलाई विश्वास गरेका छैनन् ।केहीले विभिन्न तस्विर कम्प्युटरमा गाँ’सेर राखेको आरोप लगाएका छन् । ‘सहरबारे मैले खिचेका तस्विरहरुलाई धेरैले अनौठो मानेका छन् ।

कतिपयले विश्वास नै गरेका छैनन् । कोहीले कम्प्युटरबाट तो’डमोड गराएको बताएका छन्, ’ उनले भने । तर, गुगल अर्थमा सर्च गरेपछि फोटोसपबाट तस्विर गाँ’सेको भनेर आरोप लगाउनेहरुले उनीसँग क्षमा या’चना गरेका छन् ।