नेताको उपचार खर्च किसानलाई दिउँ, होइन भने म माइतीघरमा आ’मरण अनसन बस्छु : माओवादी सांसद

काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले उखु किसानको स’मस्या राज्यले सम्बोधन नगरे माइतीघर मण्डलामा आ’मरण अनसन बस्ने चे’तावनी दिएका छन् ।

लेखा समितिको बैठकमा मंगलबार आफ्नो धारणा राख्दै सांसद मोदीले किसान मरिरहँदा राज्यले नसुनेको भन्दै आ’क्रोश पोखे । नेतालाई दिने उपचार खर्च वा अन्य फजुल खर्च क’टाएर किसानलाई दिनुपर्ने उनको प्रस्ताव छ ।’किसानले भुक्तानी नपाउँदा राज्यले किन दिन सक्दैन ।

८/१० करोड त दिन सकिन्छ । कुनै न कुनै मोडलबाट दिउँ । पछि उद्योगबाट असुल्ने गरी । नेतालाई उपचार खर्चलगायत फजुल खर्च क’टौती गरि राम्रो काम गरिरहेका किसानलाई दिउँ । किसानसँगै मजदुरको कुरा पनि छ । तिनलाई पनि हेरौं,’ सांसद मोदीले भने ।

अहिले आफूहरू बोल्ने थलो संसद अवरुद्ध रहेको र राज्यले किसानको समस्या नसुन्ने हो आफू माइतीघर मण्डलमा गएर अनसन बस्न बाध्य हुने उनले चे’तावनी दिए ।’संसद अवरुद्ध छ, राज्यले पनि सुनेन भने माइतीघर मण्डलामा आमरण अनसन बस्छौं ।म नै गएर अनसन बस्छु । किसानसँगै हामी अनसन बसेर राज्यलाई घुँडा टे’काउँछौं ।

त्यसकारण सम्बन्धित निकायले समयमै ध्यान देओस् । बच्चाको लालनपालन र उपचार पढाइ खर्च उखुबाटै निकाल्ने किसान र मजदुरप्रति न्या’य गरौं,’ उनले भने ।उखु किसानको आ’न्दोलनका क्रममा किसान कृष्णराय यादवको मृ’त्यु भएको, समितिबाट पनि पटक-पटक कुरा उठाउँदा पनि स’मस्या स’माधान नभएकोमा उनले दु:ख व्यक्त गरे ।

‘मन्त्री र प्रधानमन्त्री, सचिव फेरिएपछि विषय नयाँ बन्छ । किसानको स’मस्या भने उही रहन्छ । उखु किसानले भुक्तानी मात्र होइन किसानले मल, बजार र मूल्य पाउँदैन । उत्पादनबाट पलायन हुने अवस्था छ । यसमा हामीले इ’निसियसन लिनुपर्नेछ । काठमाडौंमा केही उत्पादन हुन्न । पिसाब फे’र्न पनि पैसा तिर्नपर्छ । किसानले उत्पादन नगरे हामीले के खाने ?’ उनले प्रश्न गरे ।