अरुको छु’द्र आ’लोचना गरेर चर्चामा आउने मन्त्री झाक्री आफैले खनेको खाल्डोमा आफै फ’सिन

काठमान्डौ- सार्वजनिक रुपमा अरुको छु’द्र आ’लोचना गरेर चर्चाआई रहने सहरी बिकासमन्त्री राम कुमारी झाक्री अहिले भने अरुलाई खनेको खाल्डोमा आफै परेकी छन।

केही दिन अघि नेपालका ईन्जीनियर हरुले नालीको ढकन समेत लगाउन नजानेको भनेर भाषण गरेर चर्चामा आएकी उनले गृहजिल्ला गएर ३ दिन अघि मन्चमै रुवावासी गरेकी थिईन्। पछिल्लो पाँच दिन यता गृह जिल्ला गुल्मीमा रहेकी मन्त्री झाक्रिले पार्टी कार्यालय उद्घाटन, पार्टी प्रवेश कार्यक्रम, विभिन्न आयोजनाको निरिक्षण र राजनितिक दलका स्थानिय नेतासंग अन्तरक्रिया गरेकी थिईन्।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव समेत रहेकी रामकुमारी झाँक्रीले गत बर्ष सामाजिक सन्जालमा एउटा फोटो पोष्ट गर्दै पिर्के सलामी लिएको भनेर चर्को आ’लोचना गरेकी थिईन। तिनै रामकुमारी झाक्रीले अहिले भने आफैले पिर्के स’लामी लिएर तमसा देखाएपछि चौतर्फी आ’लोचना भएको छ।

३ दिन अघि गुल्मी सदरमुकाम तम्घासमा आयोजित एक कार्यक्रममा आफूले दुःखले निर्माण गरेको घरमा बस्ने वातावरण नभएको भन्दै मन्चमै रोहलो गरेकी उनले एमालेलाई पुरानो घर भनेकी थिईन। एकीकृत समाजवादी पार्टीको जिल्ला कार्यालय उद्घाटन कार्यक्रममा उनले नेकपा एमालेलाई लक्षित गर्दै ‘ आफुले बनाएको पुरानो घर’भन्न समेत भ्याएकी थिईन।

गृह जिल्लामा पुरानो पार्टीलाई सम्झेर रोएपछि चर्चामा आएकी उनलाई अधिकांशले आफ्नै घरमा आगो लगाएर रुनुको कुनै अर्थ नभएको भन्दै खि’सिट्युरी गरेका थिए। रोएर जिल्लामा चर्चा कमाएकी उनै झाक्रि अहिले फेरी आफ्नै गाउमालिएको पिर्के सलामीका कारण सामाजिक सन्जालमा चर्चामा छिन्।

स्थानिय, प्रदेश सरकार गठन पछि देशका धेरै जिल्लामा जनप्रतिनिधीहरुले पिर्के सलामी, कुर्ची सलामी लिदा चर्को आ’लोचना गर्ने उनै झाक्रि अहिले पिर्के सलामीले चर्चित भएकी छिन्। सामाजिक सञ्जालमा अहिले झाक्रिले राखेका पुराना पिर्के, कुर्ची स’लामी वि’रोधका फोटो सहित राखेर पिर्के सलामी तस्वीर राखेर वि’रोध गरिरहेका छन् ।

झाक्रिले मदाने गाउँपालिका पुर्कोटदहमा रहेको ईलाका प्रहरी कार्यालय निरिक्षण गर्ने कार्यक्रम थियो। त्यहि कार्यक्रममा उनलाई प्रहरीले स’लामी दिएको थियो। मन्त्री झाक्रि रातो पिर्कामा स’लामी खाएको तस्वीर अहिले ‘भाईरल’ भइरहेको छ। पिर्के स’लामी पछि मन्त्री झाक्रिको सचिबालयले यस बारे खण्डन समेत गरेको छ।

सचिबालयले जारी गरेको स्पष्टिकरणमा संघीय सरकारको मन्त्री हैसिएतले प्रहरी कार्यालयमा जाँदा संविधान, कानुन अनुसार सम्मान स्वरुप सलामी दिने प्रचलन भएकाले त्यहि प्रचलन अनुसार स’लामी पाएको उल्लेख छ। यस्तो छ सचिबालयबाट जारी स्पष्टिकरण हामी पाँच दिनदेखि गृह जिल्ला गुल्मीमा छौ।

जिल्लाका विभिन्न पालिका तहमा पार्टीका कार्यक्रम,राजनीति दलका स्थानीय नेतृत्वसगँ अन्तरक्रियाको साथै जिल्ला स्थित सरकारी कार्यालयहरुमा निरिक्षण, अनुगमन गर्ने काम भएको छ। यसै सिलसिलामा मदाने गाउँपालिका पुर्कोट दहमा रहेको ईलाका प्रहरी कार्यालय निरिक्षण गर्ने कार्यक्रम थियो।

कार्यालय परिसर भित्र संघीय सरकारको मन्त्री हैसियतमा प्रवेश गर्दा संविधान, कानुन अनुसार सम्मान स्वरुप सलामी दिने प्रचलन रहेछ। आफ्नो परिसरभित्र प्रवेश गर्ने विशिष्ट व्यक्तिलाई सम्मान दिनु प्रहरीले आफ्नो कर्तव्य ठान्ने रहेछ। हामीसगँ दुईवटा विकल्प थिए।

पहिलो विकल्प प्रहरी कार्यालयको निरिक्षण गर्ने कार्यक्रममा सहभागी हुने वा दोस्रो विकल्प कार्यक्रम र’द्द गर्ने। हामीले पहिलो विकल्प नै रोज्यौ, आफ्नै गाउँपालिकाभित्र रहेको संघीय सरकारको महत्वपूर्ण कार्यालयको निरिक्षण गर्ने। यो प्रहरी कार्यालयसगँ मन्त्री ज्युको भावनात्मक सम्बन्ध पनि रहेको।

द्व’न्द्वको क्रममा खु’म्चिएको प्रहरी कार्यालय पुनः स्थापना हुने क्रममा विभिन्न राजनीति कारणले अन्यत्र सारिएको थियो। वर्तमान शहरी विकास मन्त्री ज्युको पहलमा त्यो वेला पुर्र्कोट दहमै पुनःस्थापना गर्ने काम भएकोले पनि कार्यालय प्रमुख र स्थानीय समाजसेवीहरुले ईलाका प्रहरी कार्यालयको अनुगमन गराउन र सम्मान गर्न चाहानुहुन्थ्यो। त्यसकारण हामीले उहाहरुको आग्रहलाई स्वीकार गरेका हौ।

निरिक्षणको कार्यक्रम रद्ध गरेर उहाहरुलाई हामी दुखी वनाउन चाहेनौ। हामीलाई सामाजिक सन्जालमा आलोचना हुन्छ भन्ने पनि थाहा थियोे। तर यो कुनै आ’लोचना विषय भने हैन। कानुनअनुसार राज्यको एउटा अगंले विशिष्ट व्यक्तिलाई आफ्नो कार्यालय परिसरभित्र दिने सम्मानको सामान्य प्रकृया हो।