मेरो इ’म्युन सिस्टम शून्य छ: केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीले मिर्गौला प्र’त्यारोपण गरेकाले आफ्नो इ’म्युन सिस्टम शून्य भएको बताएका छन् । तर, यस्तो अवस्थामा पनि आफ्नो प्र’तिरोधी क्षमता देखेर आश्चर्यमा परेको उनको भनाइ छ ।

संस्कृति बचाउ अभियानले बुधबार ओलीको भक्तपुरकिो बालकोटस्थित निवास पुगेर अध्यक्ष ओलीसँग भेट गरेको थियो । अभियानमा कलाकार मोहन निरौला, रवीन्द्र खड्का, उत्तम केसी, घनश्याम खतिवडालगायत सहभागी थिए ।कलाकारहरूसँग कुराकानी गर्दै ओलीले परम्परागत ज्ञानका आधारमा आफू अहिलेसम्म सं’क्रमणबाट बचेको बताए ।

‘मिर्गौला प्र’त्यारोपण गरेकाले मेरो इ’म्युन सिस्टम शून्य छ । औ’षधि खाइरहनु पर्छ, जसकारण मेरो प्र’तिरोधी क्षमता जिरो छ । हजारौंको बीचमा छु । दिनहुँ भेट भइरहन्छ । माला लगाउँछन् । फोटो खिच्छन् । तर पनि अहिलेसम्म संक्रमित भइएको छैन । यो परम्परागत ज्ञानकै कारण हो ,’ ओलीको भनाइ उद्धृत गर्दै एक कलाकारले भने ।

उनले पछिल्लो समय आफूमा पनि स्मरण श’क्ति कमजोर हुँदै गएको उनको भनाइ थियाे। ‘पहिले पहिले पाँच सयभन्दा बढी टेलिफोन सम्झन्थे । अहिले श्रीमतीको मोबाइल नम्बरसमेत कति हो सोध्नुपर्छ,’ उनले भने । ओलीले पु’र्खाका ज्ञानका राम्रा पक्ष अनुशरण गर्नुपर्ने बताए ।