बैतडीमा खसी चोरको बिगबिगी

बैतडी- बैतडीको पाटन नगरपालिका-५ क्वापानी गाउँबाट सोमबार राति २ वटा खसी चोरी भयाे । स्थानीय जयबहादुर चन्दको घरबाट यी दुई खसी चोरी भएका थिए । राति २ बजेतिर आएकाे अ’ज्ञात समुहले खसीहरू लगेको उनका छोरा मनोज चन्दले बताए ।

उनले भने, ‘बुबा-आमा र बहिनी घरमा थिए । बाहिरबाट आएका व्यक्तिहरूको समूहले उनीहरूलाई बाहिरबाट ढोकामा ताल्चा लगाएर थुनेछन र गोठबाट खसी चारेर लगेछन् ।’दुई वटा खसीकाे मुल्य करिब ५० हजार पर्ने स्थानीय विवेकानन्द पाण्डेयले बताए ।

यसअघि पनि गाउँमा पटक पटक खसी चाेरी भएकाे उनले बताए । उनले भने, ‘यसरी पटक पटक गाउँबाट खसी चाेरी हुन थालेपछि स्थानीय त्र’सित बनेका छन् । चाेरी राेक्न प्रहरी प्रशासन च’नाखो हुनु पर्याे । सरकारले पीडित परिवारलाई राहत पनि उपलब्ध गराउनु पर्याे ।’

प्रहरीले भने खसी चोरीको बिषयमाथि अनुसन्धान भैरहेको जनाएको छ । गतसाता दशरथचन्द नगरपालिका-४ बाडीलेकका एक किसानले गाेठमा बाँधेको खसीको दुई वटा खुट्टा का’टेर मा’रेको अवस्थामा भेटिएको थियो । स्थानीय नैनराम भुलको गोठमा बाँधेको खसी का’टेर लगेकाे अवस्थामा भेटिएको अभियन्ता राजुराम भुलले बताए ।

पछि गाेठमा आधा मात्रै खसी भेटिएको उनले बताए । यसैगरी, गतबर्ष साहीलेकका एक व्यक्तिको खसी चोरेर बजारमा बेचेको भेटेपछि दो’षीमाथि कारवाही गरेकाे स्थानीय देवराम लोहारले बताए ।