सबैलाई रुवाउने चिठी लेखेर आमाले १ दिनको बच्चालाई सडकमा छोडिन्

काठमाडौं। सन्तान जस्तो भए पनि आमाको मन सन्तानप्रति अत्यन्तै विशाल र उदार हुन्छ भन्ने हामीले मान्दै आएका छौं । आमाले जस्तोसुकै परिस्थितिमा पनि सन्तानको रक्षा गरेको हामीले देख्दै आएका छौं ।

तर, कहिलेकाहीँ परिस्थिति र बाध्यताले यस्ता घटनाहरु पनि भएका भेटिन्छन् जहाँ स्थिति अलग हुन्छ । अमेरिकाको अलास्कामा यस्तै घटना भएको छ ।यहाँ एक बच्चा नि’र्जन स्थानमा कार्टुनभित्र राखिएको अवस्थामा फेला परेका छन् । ती बच्चाको साथमा एउटा पत्र पनि भेटिएको छ जुन पत्र उनकी आमाले लेखेर राखिदिएकी थिइन् ।

यो घटनाको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । बच्चालाई आमाले अत्यन्तै चिसो मौसममा ला’वारिस छाडेर गएकी थिइन् । जतिबेला यी बच्चालाई अरु मानिसले फेला पारे त्यतिबेला त्यहाँको तापक्रम १२ डिग्रीभन्दा पनि कम थियो । आमाले बच्चालाई ठिक त्यही दिन आफूबाट अलग गरिन् जुन दिन उनी ज’न्मिएका थिए ।

न्यूयोर्क पोस्टका अनुसार नयाँ वर्षको अघिल्लो दिन ३१ डिसेम्बरमा बच्चा र उनको साथमा उनकी आमाले लेखेको पत्र फेला परेका हुन् । पत्रमा आमाले आफूले बच्चालाई खुवाउन नसक्ने लेखेकी छिन् । यस बारेमा अलास्का स्टे’ट ट्रु’पर्सको तर्फबाट बयान पनि जारी भएको छ जसमा बच्चा भेटिएको जानकारी साझा गरिएको छ ।

बच्चा फे’यरबेंक्सकी रो’क्सी लेनले फेला पारेकी हुन् । उनैले भिडियो सामाजिक संजालमा शेयर गरेकी थिइन् । बच्चालाई अहिले नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।बच्चाको साथमा उनकी आमाले छोडेको पत्रमा आमाले बच्चाको तर्फबाट लेखेकी छिन् ‘मलाई सहयोग गर्नुहोस् । मेरो जन्म ३१ डिसेम्बरमा १२ हप्ता पहिल्यै भएको हो ।

मेरा मातापिता र हजुरबुवा हजुरआमासँग मलाई खुवाउनको लागि पैसा छैन । मेरी आमा धेरै दुखी छिन् । मलाई कसैले आफ्नो साथमा लैजानुस् ताकि मैले पनि एक राम्रो परिवार पाउन सकुँ । मेरा मातापिताले तपाइँहरुसँग प्रार्थना गरिरहेका छन् । मेरो नाम ते’शावन हो ।’

बच्चा फेला पारेर उनको भिडियो फेसबुकमा शेयर गर्ने लेनले फेसबुकमा सम्भवतः बच्चाका मातापितालाई अलास्काको सेफ हेभेन लबारे जानकारी नभएको हुन सक्ने लेखेकी छिन् । यो का’नुनअनुसार यहाँ यदि कुनै अभिभावकले आफ्नो बच्चा आफूसँग राख्न चाहँदैनन् भने उसलाई नजिकको अस्पतालमा पठाउन सक्छन् । यसबाहेक बच्चालाई च’र्च, पु’लिस वा फा’यर स्टेशनमा पनि दिन सकिन्छ ।