उत्तर काेरियाको आ’णविक परीक्षणको अन्तराष्ट्रिय समुदायले गर्‍याे नि’न्दा

प्योङयाङ- उत्तर कोरियाको आ’णविक परीक्षणप्रति छिमकी मुलुकहरुले आ’पत्ति जनाएका छन् । उत्तर कोरियाले बुधबार जापानको समुद्री तटनजिकै व्या’लिस्टिक मि’साइल प्र’हार गरेको थियो ।

परीक्षणको दक्षिण कोरिया, जापान र अमेरिकाले नि’न्दा गरेका छन् ।‘उत्तर कोरियाको आ’णविक परीक्षणको दक्षिण कोरियाले नि’न्दा गर्छ,’ दक्षिण कोरियाले जो’इन्ट चिफ अफ स्टाफ (जेसीएस) ले एक विज्ञप्तिमा भनेको छ । त्यस्तै जापानले उत्तर कोरिया आ’णविक

होड त्याग्ने आफ्ना पूर्ववत प्र’तिबद्धताबाट भागेको आरोप लगाएको छ । सो व्या’लिस्टिक मि’साइल करिव ५०० किलोमिटर टाढासम्म पुगेको जापानका रक्षामन्त्री नोबुओ किशीले बताएका छन् ।परीक्षणबारे अमेरिकी गु’प्तचर निकायका अधिकारीले सुक्ष्म विश्लेषण गरेको प्राप्त समाचारमा जनाइएको छ ।

उत्तरले बुधबार गरेको परीक्षण यस वर्षकै पहिलो आ’णविक परीक्षण हो । उत्तरका आ’णविक परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले उमाथि बारम्बार प्र’तिबन्ध लगाउँदै आएको छ । आफूमाथि लागेका प्र’तिबन्ध हटे मात्र आ’णविक परीक्षण नगर्ने उत्तर कोरियाले जबाफ दिँदै आएको छ ।