भारी हिमपात र वर्षापछि स’ङ्कटका’लकाे घोषणा

अफगानिस्तान — भारी हिमपात र वर्षापछि अफगानिस्तानमा स’ङ्कटकालकाे घोषणा गरिएको छ ।वर्षा र हिमपातले जनजीवन प्रभावित पार्न थालेपछि आपत्कालीन अवस्थाको घोषणा गरिएको अफगानिस्तानको विपद् व्यवस्थापन मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानका ३४ प्रान्तमध्ये ३२ प्रान्तमा निरन्तर हिमपात र वर्षा भइरहेको छ ।बा’ढी/प’हिरोले धेरैजसो सडक ब’न्द भएका छन् । काबुललाई उत्तरी प्रान्तसँग जोड्ने सलाङ राजमार्ग पूर्णरूपमा ब’न्द भएको छ । थप स’ङ्कटको सा’मना गर्न तयारीका लागि मन्त्रालयले प्रभावित

क्षेत्रका प्रदेश अधिकारीलाई निर्देशन दिएको समाचार संस्था एएफपीले जनाएको छ ।प्रान्तहरूमा अत्यावश्यक सहयोग र सामग्री पठाइएको र वितरण भइरहेको मन्त्रालयका अधिकारी मुहम्मद अमिन मुबारिजले बताउनुभएको छ ।फाेटाे साभार : इन्डिया टीभी न्युज

यो पनि – नेपालका धेरै ठाउँमा पश्चिमी न्यू’नचापीय प्रणालीको प्र’भाव परेको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण गएरातिदेखि नै पश्चिमी क्षेत्रमा वर्षा भइरहेको छ ।सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।

उहाँकाअनुसार अहिले प्रदेश-१ बाहेक अन्य प्रदेशको मौसम ब’द्ली भएको छ । आज पश्चिमी क्षेत्रसँगै अन्य ठाउँमा पनि पानी पर्ने सम्भावना छ ।काठमाण्डौ उपत्यकामा केही ठाउँमा दिउँसाे वर्षा हुने मौसमविद् सजिना शाक्यले बताउनुभयो । उहाँका अनुसार पर्सिसम्म नै हल्का वर्षाको सम्भावना छ ।

आउँदो आइतवारदेखि भने मौसममा क्रमिक सुधार आउने मौसमविद्ले बताएका छन् ।यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा पनि हि’मपात भइरहेको छ ।वर्षा र हिमपातका कारण चिसो बढ्ने भएकाले सा’वधानी अपनाउन मौसमविद्को सुझाव छ।