झापामा खाना पकाउने ग्यास वि’स्फाेट, एकको मृ’त्यु १२ घा’इते

झापा- झापाको मेचीनगर-७ मा भएको आगोलागीमा परी एक जनाको मृ’त्यु भएको छ । १२ जना घा’इते भएका छन् ।बुधबार राति केशव पाठकको घरमा अ’चानक आ’गलागी भएको थियो ।

आ’गो नि’भाउने क्रममा खाना पकाउने ग्या’स वि’स्फोट हुँदा मेचीनगर-८ की ४५ वर्षीया सारदा राजवंशीको मृ’त्यु भएको हो । उक्त घरमा रामेछापका कुमार पाण्डेको परिवार बस्दै आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी वसन्त पाठकले जानकारी दिए ।

टिनको छानो, चित्राको बेरा भएको १ तले क’च्चट्ठ घर पूणर्रूपमा जलेर नस्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा परी १२ जना घा’इते भएका छन् । घाइतेमध्ये ११ जनाको बिर्तामोडस्थित बिएण्डसी असप्तालमा उपचार भइरहेको छ । मेचीनगर-८ का ८ वर्षीया शुसीला अधिकारी उपचारपछि घर फर्किएकी छन् ।

आगलागीमा ग्यास वि’स्फोट हुँदा बिर्तामोड-९ का २९ वर्षीय गोविन्दप्रसाद राजवंशीको, मेचिनगर ७ का ३२ वर्षीय दिपेन्द्र कार्की, ३८ वर्षीय चन्दन गौतम, ४० वर्षीय सुवलाल राजवंशी, ३५ वर्षीय विनोद गिरी, ३५ वर्षीय नवराज श्रेष्ठ, २३ वर्षीय सन्देश बोहोरा, ४० वर्षीय भवानीशंकर न्यौपाने, ३६ वर्षीय हरि विक र ३६ वर्षीय निर्मल शर्मा र मेचीनगर-८ का ४० वर्षीय लेखनाथ तिमल्सिना रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।