मोदीसँग महानगरपालिकाबारे उजुरी गरेपछि कपिल शर्माले खर्च गर्नुपर्‍यो ९ लाख, भागे मालदिभ्स

एजेन्सी : मनोरञ्जन क्षेत्रमा जुन व्यक्तिको ट्वीटले सबैभन्दा ठूलो बबाल मच्चायो त्यो कसले बिर्सन सक्छ । यी व्यक्ति अरु कोही नभई कमेडीका बादशाह भनिने हास्य कलाकार कपिल शर्मा हुन् । सर्व साधारणलाई झैं कपिललाई पनि आफ्नो ट्वीटका कारण हुने विवादबारे राम्रोसँग थाहा छ । कपिलले निकै छिटो नेटफ्लिक्समा आफ्नो स्ट्यान्ड अप स्पेशल शो लिएर आइरहेका छन् ।

कपिलले यही ट्वी’ट मार्फत् नै आफ्नो जोकको सुरुवात गरे । नेटफ्लिक्सले शोको एउटा सानो भाग सेयर गरेको छ। कपिल भन्छन्, ‘ म मालदिभ्स निस्किएँ फटाफट… त्यहाँ म ८–९ दिन बसेँ… मालदिभ्स पुग्ने बित्तिकै मैले भने, ‘मलाई एउटा यस्तो रुम देउ जहाँ इन्टरनेट चल्दैन’… उनीहरुले सोधे, ‘विवाह गरेर आउनुभएको हो ?’, मैले भनेँ, ‘ट्वीट गरेर आएको छु ।’ कपिलको यो पहिलो लाइनले नै धेरै कुरा बताउँछ ।

कपिलले पुनः थप्छन्, ‘म जतिदिन त्यहाँ बसेँ, ९ लाख खर्च भयो । मेरो जीवनभरीको पढाई लेखाईमा यति खर्च भएको छै जति मैले त्यो एक लाइन लेखर खर्च गरेँ । म साँच्चै ट्वीटरमा केस गर्न चाहन्छु ।’ ‘किनभने कहिले काँही कुनै नेताले ट्वी’ट गर्दा ट्वी’टरले मुनिपट्टी ‘म्यानिपुलेटेड ट्वी’ट’ भनेर लेखिदिन्छन् । मेरो ट्वीटको मुनि पनि ‘ड्र’ङ्क ट्वी’ट’ लेखिदिएको भए हुन्थ्यो नि । मेरो पैसा त बच्थ्यो । मैले हाम्रो देशको सिस्टम नै बुझ्दििनँ ।

यदि मैले राती कुनै कुरा गरेको छु भने राती नै कुरा गर न, किन भने बिहान मेरो विचार फेरिइ सकेका हुन्छन् । म आज मन खोलेर भन्न चाहन्छु कि सबै ट्वी’ट्स मेरा थिएनन्, केही ज्याक ड्यानियलका थिए, केही जोनी वाकरका थिए । यद्यपि, केही केही त मेरा पनि थिए तर स–साना कुराका लागि कुनै कलाकारलाई ब्ल्याक लेबल उफ् ब्ल्याक लिस्ट त गर्न सक्नुहुन्नँ नि ।’

के थियो कपिलको विवा’दास्पद ट्वी’ट ? स्ट्यान्ड अप स्पेशलमा कपिलले ट्वीटको विषयमा आफ्नो स्पष्टिकरण पनि दिएका छन् र मनको बह पनि पोखेका छन्। स्मरण रहोस्, कपिलले केही वर्ष अघि मुम्बई महानगरपालिकामाथि घुस लिएको आरोप लगाएका थिए जस माथि बेस्सरी बबाल निम्तिएको थियो । कपिलले मोदीलाई एउटा ट्वी’टमा लेखेका थिए जसमा उनले अफिस खोल्नका लागि मुम्बई महानगरपालिकाले पाँच लाख भारु मागेको बताएका थिए । कपिलका अनुसार उनले यी ट्वीट मातेका बेला गरेका थिए । हुन त कपिलको यो ट्वी’टको विवा’द सेलाइसकेको छ तर अहिले पनि कपिलको खुट्टा तान्नुपर्दा उनको ट्वीटको कुरा आउँछ ।