नारायणहिटीबाट बतास समूहलाई ह’टाएरै छाड्छाैँ : मन्त्री आले

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी सङ्ग्रहालय भित्रबाट बतास समूहलाई ह’टाउने प्रक्रिया अगाडि बढाउने बताउनु भएको छ ।

आज बिहीवार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मन्त्री आलेले नारायणहिटी सङ्ग्रहालयमा रेस्टुरेन्टलगायतको भौतिक संरचना निर्माण गरिरहेको बतास समूहलाई त्यहाँबाट ह’टाउने बताउनुभएको हो । उहाँले याे समूहलाई कुन प्रक्रिया मार्फत हटाउने भन्ने विषयमा आफू छलफलमा रहेको बताउनुभयो ।

मन्त्री आलेले मन्त्रीस्तरबाट वा मन्त्रिपरिषद बाटै निर्णय गरेर भए पनि ह’टाएरै छाड्ने बताउनुभयो । उहाँले आज नै नारायण हिटीमा अवलोकनका लागि जाने पनि उल्लेख गर्नुभयो । मन्त्री आलेले भन्नुभयो, ‘सङ्ग्रहालयमा जुन गतिविधि भएको छ, आज पावरमा भएको बेला एउटा व्यक्तिले लिजमा लिने, भोलि अर्को पा’वरमा भएको बेला अर्कोले लिने ।

पर्सि अर्को पा’वरमा भएको बेला अर्कोले लिने। यो गर्दै जाँदा पूरै वातावरण नै ध’मिलो हुन्छ । त्यसको संरक्षणको निमित्त चाहे म’न्त्रिस्तरबाट होस्। चाहे क्याबिनेटबाट होस् यो हामी हटाएरै छोड्छौँ। नारायणहिटी राजदरबारको कुरा आएको हुनाले यो विषयमा मौखिक हामीले त्यो रोकेका छौँ ।

फेरि त्यसलाई कुन प्रक्रियाबाट ह’टाउन सकिन्छ भन्ने सबालमा हामी छलफलमा छौँ ।’ उहाँले नारायणहिटी सङ्ग्रहायल भित्र ब’तास स’मूहको प्रवेशको सम्बन्धमा छा’नबिन सुरु गरिएको बताउनुभयो ।