कलङ्कीमा मोटरसाइकल दुर्घ’टना : एक जनाको ज्या’न गयो, एक जना घा’इते

काठमाण्डाै – काठमाण्डौको कलङ्कीमा मोटरसाइकल दुर्घ’टना हुँदा एक जनाको ज्या’न ग’एको छ । एक जना घा’इते भएका छन् । गए राति सवा २ बजे कलङ्कीको सब वे मा प्रदेश ३-०२–०११ प ४६८१ नम्बरको मोटरसाइकल प’ल्टिँदा मोटरसाइकलको

पछाडि बस्ने धादिङ घर भइ काठमाण्डौको नैकाप बस्ने २७ वर्षकी सोफिया श्रेष्ठको ज्या’न ग’एको प्रहरीले जनाएको छ । दुर्घ’टनामा घा’इते भएका मोटर साइकलका चालक गोरखाका ३१ वर्षका रामशरण ढकालको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीका अनुसार चालक ढकालले जाँ’ड र’क्सी खाएर मोटरसाइकल चलाएका थिए ।

यो पनि, म्याग्दीमा सुन्तला उत्पादन बढ्यो : जिल्लामा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ। गत वर्षको तुलनामा चार दशमलव ५३ प्रतिशतले सुन्तला उत्पादन बढेको हो । कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले गत वर्ष को तुलनामा १०० मेट्रिक टन सुन्तला बढी फलेको जानकारी दिनु भयो ।

उहाँले भन्नुभयो, “उत्पादन भएको ८० प्रतिशत सुन्तला बिक्री बजारमा पठाइएको छ ।” गत वर्ष ३४५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदा दुई हजार ८० मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष ३५५ हेक्टरमा लगाइएको बोटबाट दुई हजार १८० मेट्रिक टन सुन्तला उत्पादन भएको पाण्डेले बताउनुभयो ।

कृषकले बिक्री गरेको सरदर मूल्यका आधारमा जिल्लाभर रु १३ करोड बराबरको सुन्तला उत्पादन भएको छ । कृषकले प्रतिकिलो रु ५० देखि रु ८० का दरले सुन्तला बिक्री गरेका छन्। राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखर बोट, ताकम, घतान,

पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा सुन्तला अत्यधिक उत्पादन हुन्छ ।म्याग्दीको सुन्तला पोखरा, चितवन, बुटवल, काठमाडौँलगायत ठाउँमा बिक्री हुँदैआएको छ । व्यापारीले बगैँचामै आएर सुन्तला खरिद गर्ने गरेको बेनी नगरपालिका–३ राखुका थमबहादुर पुनले बताउनुभयो ।

राखुमा रु एक करोड ५० लाख बराबरको सुन्तला बिक्री भएको छ । औसा परेर झर्ने समस्या नियन्त्रणका लागि कृषकलाई तालिम प्रदान गरिएको छ । बोट सुक्ने र पाक्ने बेलामा दाना झर्ने समस्या नियन्त्रणमा कृषक र प्राविधिक जुटेका छन् ।