पैसा नभएर सित्तैमा बदाम खाएका यी दाजु–बहिनीले अमेरिकाबाट फर्केर पसलेलाई दिए २५ हजार

दिल्ली। सन् २०१० को एक दिन नेमानी प्रणव र उनकी बहिनी सुचिता आफ्ना बुबाका साथ आन्ध्र प्रदेशको यू कोथापल्ली बिचमा घुम्न गएका थिए।

जहाँ उनीहरुले सत्तैया नामका बदाम बिक्रेतासँग बदाम किने तर उनीहरुले पैसा लैजान भु’लेकाले दिन पाएनन् । सत्तैयाले पनि लिने पैसा नभएपछि त्यति जो’ड गरेनन्। सित्तैमा बदाम दिए । तर मोहनले भने चाँडै उनलाई पैसा तिर्ने आश्वासन दिएका थिए ।

तर लामो समय ति’र्न पाएनन्। अमेरिकामै बस्ने गरेका उनी केही दिनपछि उतै फर्किए । उक्त घटनाको ११ वर्षपछि उनी पुनः नेमानी आफ्नी बहिनीका साथ भारत आए। उनले उक्त उधारो बदाम भुल्न सकेका थिएनन् । त्यसको पैसा तिर्न उ’त्सुक भए ।

तर सत्तैयालाई कसरी भेट्ने? फसाद भयो। उनले काकीनाडा सहरका सांसद चन्द्रशेखर रेड्डीको म’द्दत मागे। त्यसपछि सत्तैया पत्ता लगाउन चन्द्रशेखरले फेसबुकमा पोस्ट गरे। त्यसपछि उनको गाउँ नगुलापल्लीका केही मानिसले चन्द्रशेखरका पीएलाई भेटेर उनको मृ’त्यु भइसकेको जानकारी दिए।

सत्तैयाको मृ’त्यु भए पनि यी दाजुबहिनीले उनको परिवारलाई भेटे र २५ हजार रुपैयाँ दिएको भा’रतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।