भारतीय मन्त्रिपरिषद्को निर्णय : दार्चुला र धार्चुला जोड्ने महाकाली नदीमा पुल बन्ने

काठमाडौं- नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने महाकाली नदीमा मैत्री पुल बन्ने भएको छ । त्यसका लागि भारत सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महाकाली नदीमा मैत्री पुल बनाउन नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गर्ने अनुमति प्रदान गर्ने निर्णय गरेको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरले आजको क्याविनेट बैठकले धार्चुलास्थित महाकाली नदीमा पुल बनाउन का लागि भारत र नेपालबीच समझदारी पत्रमा हस्ताक्षर गर्ने अनुमति प्रदान गरेको उल्लेख गरेका हुन् । यो निर्णयले नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने उनले उल्लेख गरेका छन् ।

यो पनि – नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच टेलिफोन वार्ता भएको छ । त्यसक्रममा उनीहरुबीच दुई देशबीचको सहकार्यलाई थप प्र’भावकारी बनाउने सहमति भएको छ । बिहीबार नेपालका परराष्ट्रमन्त्री नारायण खड्का र भारतका विदेशमन्त्री एस जयशंकरबीच टेलिफोनमा कुराकानी भएको हो ।

भारतीय विदेश मन्त्री जयशंकरले टेलिफोन सम्पर्कमा विकासका कार्यक्रम र को-भि’ड–१९ वि’रूद्ध नेपाल र भारतको सहकार्यका विषयमा कुराकानी भएको ट्वीटमा उल्लेख गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुन भारत जाने भनेको भाइब्रेन्ट गुजरात समिट स्थगित भएको दिन विदेशमन्त्री जयशंकरले परराष्ट्र मन्त्री खड्कासँग कुरा गरेका हुन् ।