आज राति वर्षा र हिमपातको सम्भावना, आगामी २४ घण्टाका लागि चे’तावनी जारी

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) राति देशभर मौसम सामान्य बदली (धेरैजसो आकाशमा बादल) रहनेछ। महाशाखाले अघि साँझ ६ बजे जारी गरेको बुलेटिनअनुसार देशका पहाडी तथा तराइका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

साथै उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हल्का हिमपात हुने सम्भावना छ। महाशाखाले आगामी २४ घण्टाका लागि चे’तावनी तथा परामर्श पनि जारी गरेको छ। जसमा भनिएको छ : ‘देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपा’तको सम्भावना छ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना छ । यस मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत अ’सर पर्न सक्ने देखिएकाले

चिसोबाट बच्न र हिमपा’तबाट हुन सक्ने प्रभावबाट जो’गिन आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। साथै आगामी दिनहरूमा मौसममा हुने परिवर्तन बारे जानकारी लिई मौसम पूर्वानुमान सम्बन्धी सूचनामा अध्यावधिक रहनहुन समेत अनुरोध छ।’