आरजु राणा कहाँ कहाँ संलग्न छिन हेर्नुहोस (सूचीसहित)

काठमाडौं। नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवा धेरै संघसंस्थामा संलग्न छिन् । उनको कतिपय व्यवसायमा साझेदारी पनि रहेको चर्चा चल्ने गरेको छ ।

पछिल्लो समय उनी बतास समूहमा समेत रहेको चर्चा चल्यो । बतास समूहले वेवसाइटमा उनलाई सल्लाहकारमा राखेर विवादमा परेपछि हटाएको छ ।आरजु अहिले पनि विभिन्न संघसंस्थामा आवद्ध छिन् । उल्लेन्स स्कुलको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छिन् ।

ग्रामिण महिला विकास तथा एकता केन्द्र रुडुकमा संस्थापक अध्यक्ष तथा सल्लाहकार छिन् । साथी नेपालमा संस्थापक पूर्वअध्यक्ष तथा सल्लाहकार छिन् । सुरक्षित मातृत्व सञ्जाल महासंघको संस्थापक एवं वर्तमान अध्यक्ष छिन् । नामीमा पनि अध्यक्ष छिन् ।ब्लड डोनर्स एशोशिएसन अफ नेपालको संरक्षक छिन् ।

आरजु आफैले संलग्न भएको संस्थाबारे खुलाएकी छिन् । उनको धेरै संस्थाहरुमा एकसाथ संलग्नताले भने चासो बढाएको छ ।आरजु राणा संलग्न संस्थाहरु- १. नेपाली काँग्रेस, केन्द्रीय सदस्य, २.ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक), नेपाल Rural Women’s Development and Unity Centre (RUWDUC), (संस्थापक अध्यक्ष तथा सल्लाहकार) ,

३. साथी, नेपाल (संस्थापक, पूर्व अध्यक्ष तथा सल्लाहकार) , ४. सुरक्षित मातृत्व संजाल महासंघ ( संस्थापक एवं वर्तमान अध्यक्ष), ५. नामी (अध्यक्ष) , ६. उल्लेन्स स्कुल (अध्यक्ष, बिद्यालय व्यवस्थापन समिति) , ७. Blood Donors association of Nepal BLODAN (संरक्षक) ,