माओवादी केन्द्रीय कार्यालयका अधिकांश कर्मचारीमा को’रोना पुष्टि, प्रचण्ड आइसोलेसनमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को कार्यालयका कर्मचारीलाई को’रोना संक्रमण पुष्टि भएपछि केन्द्रीय कार्यालय बन्द गरिएको छ । कार्यालयका अधिकांश कर्मचारीलाई को’रोना भएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि भेटघाट बन्द गरेर घरमै आइसोलेसनमा बसेका छन् ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बिहीबारबाटै प्रचण्डले अत्यावश्यक बाहेकका भेटघाट बन्द गरेको बताए । राजनीतिक कामको व्यस्तता, भी’डभाड र स्वास्थ्य सतर्कताको कमीका कारण काठमाडौंलगायतका विभिन्न स्थानमा बढेको को-भि’ड संक्रमण तथा स्वास्थ्यकर्मीको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिनयता भौतिक रूपमा भेटेरै भइरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई पनि स्थगित गरिएको सचिवालयले जनाएको छ ।

पार्टीको नियमित प्रक्रियामार्फत हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामार्फत व्यवस्थित गर्न कोसिस भइरहेको जानकारी दिँदै स्वकीय सचिव मल्लले भने– ‘कतिपय संवाद, भेटघाट, बैठक र छलफललाई प्रविधिको प्रयोगमार्फत सहजीकरण गर्नेछौं ।’

केन्द्रीय कार्यालयका कतिपय नेतालाई समेत को-भि’ड संक्रमण पुष्टि भएकाले कार्यालयमा हुने भी’डभाडमा पनि उच्च स्वास्थ्य सतर्कता अपनाउन सबैमा आग्रह गरिएको सचिवालयले बताएको छ ।कार्यालयका मुख्यसचिव श्रीराम ढकाल र शिव खकुरेलबाहेक केन्द्रीय कार्यालयका सबैलाई को’रोना संक्रमण भएको छ ।

मुख्यसचिव ढकालले केन्द्रीय कार्यालयका अधिकांश साथीलाई को’रोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा ब’न्द गरिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।