प्रदेश १ र २ मा बिहानै वर्षा, दिउँसाे सातै प्रदेशमा वर्षाकाे सम्भावना

काठमाडाैं- देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसकारण शुक्रबार बिहान प्रदेश १ र २ का एक-दुई स्थानमा हल्का वर्षा भएको छ ।

दिउँसो सातै प्रदेशका थोरै स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।राति प्रदेश १, २, बागमती र गण्डकीका एक-दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ।

शनिबार सुदूरपश्चिम र कर्णालीका धेरै स्थानमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हिमपातको सम्भावना रहेको छ ।महाशाखाले आगामी २४ घण्टाका लागि चे’तावनी तथा प’रामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ :‘देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। सबै प्रदेशका थोरै स्थानमा हल्का वर्षाको समेत सम्भावना छ। यस मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारो’हण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत

अ’सर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपा’तबाट हुन सक्ने प्र’भावबाट जो’गिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ। साथै आगामी दिनमा मौसममा हुने परिवर्तनबारे जानकारी लिई मौसम पूर्वानुमान सम्बन्धी सूचनामा अध्यावधिक रहनहुन समेत अनुरोध छ।’