जापानको राजधानी टोकियोमा हिउँमा चि’प्लिएर ५० भन्दा धेरै घा’इते

टोकियो । बिहिबार जापानको राजधानी टोकियोमा भारी हिमपात भएसँगै हिउँमा चि’प्लिएर वा ल’डेर टोकियोमा ५० भन्दा धेरै मानिसहरु घा’इते अवस्थामा अस्पताल लगिएको अधिकारीहरुले बताएका छन् ।

मध्य टोकियोमा साँझमा १० सेमीसम्म हिउँ थुप्रिएको थियो । यो स्तरमा हिउँ विगत चार वर्षमा पहिलो पटक परेको हो ।जापान मौसम विभागले मध्य टोकियोका २३ ओटै वडाका नाममा भारी हिमपात पर्ने चे’तवानी जारी गरेको थियो । यस्तो चे’तावनी जारी गरिएको पनि सन् २०१८ को जनवरीयता यो नै पहिलो पटक हो ।

यस्तो चे’तवानी चिबा र इबाराकी प्रिफेक्चरका लागि पनि जारी गरिएको थियो । विभागले प्रशान्त तटीय क्षेत्रका अन्य स्थानमा पनि भारी हि’मपात पर्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको थियो । सी अफ जापानतर्फको क्षेत्रमा भन्दा यो क्षेत्रमा प्रायः कम हिउँ पर्ने गरेको छ ।

खानागावा प्रिफेक्चरको योकोहामा र चिबा नगरमा साँझ ७ बजेसम्ममा ८ सेमी र ७ सेमी हिउँ थुप्रिएको थियो । साइतामा पनि साँझ ६ बजेसम्म २ सेमीसम्म हिउँ थियो । टोकियोमा हिउँसँग सम्बन्धित घटनाका कारण कम्तिमा पनि ५१ जनालाई अस्पताल लगिएको छ ।

साइतामा यस्तो संख्या २४ रहेको छ । साइतामामा साइकल चलाउँदै गर्दा लडेर एक ८४ वर्षिय वृद्धाको खुट्टा भाँ’चिएको स्थानीय अधिकारीहरुले बताएका छन् ।बिहिबार हानेदा विमानस्थल वा नारिता विमानस्थलबाट जाने र आउने सयभन्दा बढी उडानहरु र’द्द भएका थिए ।

यसका कारण ९ हजार ७०० यात्रीहरु प्रभावित भएको जापान एयरलाइन्स कम्पनी र अल निप्पोन एयरवेज कम्पनीले बताएका छन् । भारी हिमपा’तका कारण तोकाइदो शिन्कान्सेन लाइनमा शिनागावा र आतामी स्टेशनबीच सामान्य बेलामा सुस्त गतिमा चलाइएको जापान रेल्वे सञ्चालकले बताएको छ ।

तो’काइदो लाइन र अन्य केही स्थानीय लाइनमा रेल सेवामा ढिलाई भएको बताइएको छ । हिमपा’तका कारण बृहत टोकियो क्षेत्रमा महानगरीय एक्सप्रेसवे सेवा आंशिक रुपमा ब’न्द गरिएको थियो ।