वैशाखमा चुनाव हुन्छ, कांग्रेसले कसैसँग गठबन्धन गर्दैन, कांग्रेस कार्यकर्ताले रुख बाहेक भोट हाल्नु पर्दैन: गगन थापा

गोरखा- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गोरखाका कार्यकर्ताले रुख बाहेकमा भोट हाल्नुपर्ने अवस्था अब नआउने बताएका छन् ।

नेपाली कांग्रेस गोरखाले आयोजना गरेको नेतृत्व विकास प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले भने ‘यसअघिको चुनावमा एउटा राष्ट्रिय परिस्थिति बन्यो, कम्यूनिष्ट पार्टीहरु मिले । तत्कालीन नयाँशक्तिलाई समेट्नु पर्ने बाध्यताको निर्णय भयो’, उनले भने, ‘तर यतिकुरा म भन्न सक्छु, गोरखाका नेपाली कांग्रेसका साथीहरुले यो पटक शानदार ढंगले रुख चिन्हमा बाहेक अरु कुनै पनि मत हाल्नु पर्नेछैन ।

रुखमा मत हाल्ने हो, हालिन्छ ।’ २०७४ को चुनावमा बाबुराम भट्टराईले कांग्रेसको मतले जितेर गएको र कांग्रेसलाई नै धो’का दिएको उल्लेख गरे । ‘कांग्रेसको मतले जितेर गएको भोलिपल्ट हाम्रो पार्टीलाई संग्रहालयमा पु¥याइदिन्छौँ भनेको हामीले बिर्सेका छैनौँ र बिर्सदैनौँ पनि’, उनले भने ।

उनले आउँदो चुनाबसम्म गठबन्धन टिकाउने दा’बी गरे । ‘यति कुरा ढुक्क रहनुस्, यो गठबन्धन आउँदो चुनाबसम्म राम्रोसँग टिकाएर लान्छौँ । नेपाली कांग्रेसका सभापतिको नेतृत्वको सरकार हामीले शानदार ढंगले एकबर्ष सम्हाल्छौँ’, उनले भने, ‘संसदमा अहिले भएको अ’वरोधलाई पनि हामी चिर्छौँ, चिर्छौ, संविधानलाई तलमाथि हुन दिन्नौँ ।

न्यायालयलाई पनि ठिक ठाउँमा ल्याउँछौँ । अर्थतन्त्र सुदृढ बनाउँछौँ ।’योजनावद्ध ढंगले यो संसदलाई पं’गु बनाउन खोजिएको भन्दै उनले संसद सुचारु गरेरै छाड्ने बताए ।‘अहिले यो संसदलाई पं’गु बनाउन नेकपा एमाले योजनावद्ध ढंगले लागिपरेको छ’, उनले भने, ‘संसदीय व्यवस्था कामै नलाग्ने व्यवस्था हो भनेर स्थापित गर्न उ लागि परेको छ ।

एउटा सांसदको कर्तव्य हो, आफ्नो निर्वाचन क्षेत्रको विषयमा संसदमा बोल्ने, कानून बनाउने हो । तर पूर्व प्रधानमन्त्री केपी शर्मा वली गाउँगाउँ डुलेर हिडिरहनु भएको छ । एउटा सांसद चाहे म हुँ वा केपी शर्मा वली होस, संसदलाई हातखुट्टा बाँ’धेर ल’डाएर, ब’न्धक बनाएर, पं’गु बनाएर चोक र चौतारामा आएर बोल्ने अधिकार छैन भनेर नागरिकले पनि भन्नुपर्छ ।’

संसद भएबापत तलबभत्ता बुझ्ने अनि संसदलाई ब’न्धक बनाउने एमालेको प्रवृत्तिलाई जनताको माझ भ’ण्डाफोर गरी संसदमा फर्कन बा’ध्य पार्ने उनले बताए ।लामो समयदेखि अन्यौलग्र’स्त बनेको न्या’यालयलाई ठिक ठाउँमा ल्याउन कांग्रेसले नि’र्मम भएर निर्णय गर्नुपर्ने उनको भनाइ छ ।

कांग्रेस, एमाले, माओवादी सबै दलको नेतृत्वको सरकारले अघि बढाउँदै ल्याएको एमसिसी सम्झौता अहिले कुनै दलले न’तोड्ने तर्क गरे ।‘बाबुराम भट्टराई नेतृत्वको सरकारले एमसिसीमा सम्झौता गरेको हो । सबैभन्दा महत्वपूर्ण निर्णय केपी वली नेतृत्वको सरकारको पालामा भएको हो ।

त्यतिबेला भीम रावल स्वयं उपप्रधानमन्त्री हुनुहुन्थ्यो’, महामन्त्री थापाले भने, ‘त्यसपछि आएको प्रचण्डको नेतृत्वको सरकारले थप महत्वपूर्ण तीनवटा निर्णय गरेको छ । त्यसपछि आएको शेरबहादुर देउवाको सरकार, जसले त्यसैलाई निरन्तरता दियो । त्यस पछि फेरि आएको केपी वलीको सरकारले संसदबाट अनुमोदन गराउने निर्णय ग¥यो ।

त्यसपछि फेरि आएको कांग्रेस नेतृत्वको सरकारले यस बिषयलाई राष्ट्रिय समझदारी गरेर मात्र पारित गर्नेछ ।’यस्तो बिषयमा एउटा कम्यूनिष्ट कार्यकर्ताले गाउँमा एमसिसीको बिरोध गरेर कुर्लँदैमा, कांग्रेस कार्यकर्ता लु’रुक्क भएर भाग्नु नपर्ने उनले बताए ।