को’रोना संक्रमण बढेपछि नौ दिनका लागि विद्यालय ब’न्द

तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरु आगामी माघ ३ गतेसम्मका लागि पूर्ण रुपमा पठनपाठन ब’न्द गर्ने निर्णय गरेको छ। सामुदायिक विद्यालयमा को’रोना संक्रमणको दर तीव्र रुपमा बढेपछि पठनपाठन ब’न्द गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

मंगलबार र बिहिबार गरीएको परिक्षणमा तुलसीपुर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालय गरी ५ वटा विद्यालयका शिक्षक र विद्यार्थीमा को’रोना संक्रमण पुष्टि भएपछि आउने आइतबारदेखी ८३ वटा सामुदायिक र ६८ वटा संस्थागत विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ ।

विद्यालयका शिक्षक र विद्यार्थीहरुमा को’रोना संक्रमण दर फैलिएपछि शुक्रबार तुलसीपुर उपमहानगरपालिकाको आकस्मिक बैठक बसी यस्तो निर्णय गरेको हो । बैठक शिक्षा समितिको संयोजक कुमार लामीछानेको अध्यक्षतामा बसेको थियो ।को’रोनाको दर तीव्र रुपमा ब’ढ्न थालेपछि सं’क्रमनको चेन ब्रे’क गर्नका लागि उपमनहागर भरिका सबै बिद्यालय नौ दिन बन्द गर्ने निर्णय भएको मेयर घनश्याम पाण्डेले जानकारी दिए ।

सो अवसरमा जनस्वास्थ्य प्रर्वद्धन शाखा प्रमुख ओमपी न्यौपाने, वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक नवराज लामीछाने, शिक्षा समितिका सदस्य श्याम डाँगी र विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।