हिउँमा चि’प्लिँदा २०० भन्दा धेरै मानिस अस्पतालमा

टोकियो । जापानको राजधानी टोकियोमा हिउँमा चि’प्लिएर वा हिउँका कारण ल’डेर घा’इते भएर २०० भन्दा धेरै मानिसहरुलाई अस्पताल लगिएको छ ।

बिहिबार र शुक्रबार ९ देखि ९७ वर्षबीचका कूल २१५ जनालाई राजधानीका अस्पतालहरुमा लगिएको टोकियो अग्नि विभागले बताएको छ ।प्रहरीका अनुसार हिउँका कारण शुक्रबार बिहानसम्म घाउचोट नै लाग्ने गरी ७७ ओटा सडक दू’घर्टना भएको छ ।बिहिबार टोकियोमा चार वर्षयताकै भारी हि’मपात भएको थियो ।

मध्य टोकियोमा बिहिबार साँझ १० सेमीसम्म हिउँ थु’प्रिएको थियो । हिउँका कारण शुक्रबार समेत सडक अ’वरुद्ध थिए ।शुक्रबार बिहान राजधानीमा तापक्रम माइनर ३.५ सेल्सियसमा झ’रेको बताइएको छ । अघिल्लो दिनको तुलनामा यो १ दशमलव ८ सेल्सियस कम हो ।

बृहत टोकियो क्षेत्रमा एउटा एक्सप्रेसवे आंशिक रुपमा ब’न्द भएको थियो । हानेदा विमानस्थलबाट जाने र आइपुग्ने अल निप्पोन एयरवेजका नौ उडान र’द्द भएका थिए ।महानगर एक्सप्रेसवेमा हिउँका कारण सयभनदा धेरै सवारी साधन सडकमै फसेका थिए । शुक्रबार बिहान रेन्बो ब्रिज ब’न्द थियो ।

छिमेकी साइतामा प्रिफेक्चरमा शुक्रबार बिहान पाँच ओटा टक्कर दू’र्घटना हुँदा चार जना पुरुषहरुलाई घा’उ चो’ट लागेको स्थानीय प्रहरीले बताएको छ । दू’घर्टना सडकमा बरफ ज’म्दा भएको आशंका गरिएको छ । इबाराकीमा शुक्रबार बिहान हिउँका कारण ३४६ ओटा सडक दू’घर्टना भएको प्रहरीले बताएको छ ।