को’रोना नियन्त्रणका लागि कुनै कसर बाँकी नराख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले को’रोनाको संक्रमण फैलन नदिन कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । नेपालमा को’रोना संक्रमितको संख्या बढ्न थालेपछि शुक्रबार बसेको को-भि’ड-१९ सं’कट व्यवस्थापन समन्वय केन्द्र

(सिसिएमसी)को बैठकमा प्रधानमन्त्री देउवाले राज्यका सम्पूर्ण निकायलाई संक्रमण नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन् । छलफलमा प्रधानमन्त्री देउवाले संक्रमण दर बढ्न नदिन सीमा नाकाहरुलाई चु’स्तदुरुस्त बनाउन पनि निर्देशन दिए ।

स्वास्थ्य मन्त्री बिरोध खतिवडाका अनुसार को-भि’डवि’रुद्धको खोप लगाउने कामलाई थप तिब्रता दिन प्रधानमन्त्रीले निर्देशन दिए । नागरिकको जीवनरक्षा बचाउनु सरकारको पहिलो प्राथमिकता रहेको बताउँदै प्रधानमन्त्री देउवाले पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए ।

मन्त्री खतिवडाका अनुसार बैठकमा स्मार्ट लकडाउनबारे समेत छलफल भएको थियो । तर अवस्था हेरेर पछि निर्णय लिनेबारे छलफल भएको थियो । बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले नेपालमा पछिल्लो समय को’रोना भा’इरस संक्रमणको अवस्था र मन्त्रालयले गरिरहेको कामका बारेमा ब्रिफिङ गरेका थिए ।

आजको बैठकमा को-भि’डको बढ्दो दर र विश्वमा कहाँ-कहाँ ओ’मिक्रोन कसरी वृद्धि भइरहेको छ भन्ने लगायतका विषयमा छलफल भएको थियो । नेपालमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट शुक्रबार एकैदिन ९६८ जनामा को’रोना भाइरसको संक्रमण पुष्टि भएको छ ।