जापानमा कुकका रुपमा काम गर्दै आएका एक नेपालीको मृ’त्यु

टोकियो । जापानमा एक जना नेपालीको मृ’त्यु भएको छ ।मृ’तक बागलुङ जिल्लाको काठेखोला गाउँपालिका बिहुँ – ९ कार्लिमका नन्दलाल कडेँल हुन् । उनको मृ’त्यु जनवरी २ मा साँझ ५:३० बजेतिर हृदयघा’तका कारण भएको हो ।

ह्योगो प्रिफेक्चरको इतामी शहरमा रहेको अस्थायी घरमा कडेँलको मृ’त्यु भएको बताइएको छ । उनी विगत ११ वर्षदेखि जापानमा रहँदै आएका थिए । कँडेल कुकका रुपमा जापानमा काम गर्दै आएका थिए ।उनको श्रीमति र दुई छोराहरु भएको बताइएको छ ।

श्रीमति कँडेलको साथमा जापानमै भएकी र छोराहरु भने नेपालमा भएको बताइएको छ । उनको अन्त्येष्टि जापानमै जनवरी ८ मा गरिने बताइएको छ ।जापानमा हृदयघा’तको कारणले मृ’त्यु हुनेको संख्या बढिरहेको छ । शाररिक र मानसिक रुपले आफुलाई बलियो राख्न जरुरी छ ।

यो पनि – जापानको राजधानी टोकियोमा हिउँमा चि’प्लिएर वा हिउँका कारण ल’डेर घा’इते भएर २०० भन्दा धेरै मानिसहरुलाई अस्पताल लगिएको छ । बिहिबार र शुक्रबार ९ देखि ९७ वर्षबीचका कूल २१५ जनालाई राजधानीका अस्पतालहरुमा लगिएको टोकियो अग्नि विभागले बताएको छ ।

प्रहरीका अनुसार हिउँका कारण शुक्रबार बिहानसम्म घाउचोट नै लाग्ने गरी ७७ ओटा सडक दू’घर्टना भएको छ ।बिहिबार टोकियोमा चार वर्षयताकै भारी हि’मपात भएको थियो । मध्य टोकियोमा बिहिबार साँझ १० सेमीसम्म हिउँ थु’प्रिएको थियो । हिउँका कारण शुक्रबार समेत सडक अ’वरुद्ध थिए ।

शुक्रबार बिहान राजधानीमा तापक्रम माइनर ३.५ सेल्सियसमा झ’रेको बताइएको छ । अघिल्लो दिनको तुलनामा यो १ दशमलव ८ सेल्सियस कम हो । बृहत टोकियो क्षेत्रमा एउटा एक्सप्रेसवे आंशिक रुपमा ब’न्द भएको थियो । हानेदा विमानस्थलबाट जाने र आइपुग्ने अल निप्पोन एयरवेजका नौ उडान र’द्द भएका थिए ।

महानगर एक्सप्रेसवेमा हिउँका कारण सयभनदा धेरै सवारी साधन सडकमै फसेका थिए । शुक्रबार बिहान रेन्बो ब्रिज ब’न्द थियो । छिमेकी साइतामा प्रिफेक्चरमा शुक्रबार बिहान पाँच ओटा टक्कर दू’र्घटना हुँदा चार जना पुरुषहरुलाई घा’उ चो’ट लागेको स्थानीय प्रहरीले बताएको छ ।

दू’घर्टना सडकमा बरफ ज’म्दा भएको आशंका गरिएको छ । इबाराकीमा शुक्रबार बिहान हिउँका कारण ३४६ ओटा सडक दू’घर्टना भएको प्रहरीले बताएको छ ।