माओवादी नेता नारायणकाजीलाई काे-भि’ड संक्रमण पुष्टि

काठमाडाैं- नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठलाई काे-भि’ड-१९ संक्रमण पुष्टि भएकाे छ । पिसिआर परीक्षण गर्दा आफूलाई काे-भि’ड संक्रमण पुष्टि भएकाे र होमआइसोलेसनमा रहेको जानकारी दिएका छन् ।

उनले आफू कम्तिमा १४ दिन आइसोलेसनमा रहने सामाजिक सञ्चालमा उल्लेख पनि गरेका छन् ।’पिसिआर परीक्षणमा मलाई को’रोना संक्रमण देखिएकोले म होमआइसोलेसनमा छु । कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु । हालसालै मसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आबश्यक सा’वधानी अपनाउन वि’नम्रतापुर्वक अनुरोध गर्दछु,’ श्रेष्ठले लेखेका छन् ।

यो पनि – प्रधानमन्त्री शेरबहादुर देउवाले को’रोनाको संक्रमण फैलन नदिन कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । नेपालमा को’रोना संक्रमितको संख्या बढ्न थालेपछि शुक्रबार बसेको को-भि’ड-१९ सं’कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को बैठकमा प्रधानमन्त्री देउवाले राज्यका सम्पूर्ण निकायलाई संक्रमण नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।

छलफलमा प्रधानमन्त्री देउवाले संक्रमण दर बढ्न नदिन सीमा नाकाहरुलाई चुस्तदु’रुस्त बनाउन पनि निर्देशन दिए । स्वास्थ्य मन्त्री बिरोध खतिवडाका अनुसार को-भि’डवि’रुद्धको खोप लगाउने कामलाई थप तिब्रता दिन प्रधानमन्त्रीले निर्देशन दिए । नागरिकको जीवनरक्षा बचाउनु सरकारको पहिलो प्राथमिकता रहेको बताउँदै प्रधानमन्त्री देउवाले पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए ।

मन्त्री खतिवडाका अनुसार बैठकमा स्मार्ट लकडाउनबारे समेत छलफल भएको थियो । तर अवस्था हेरेर पछि निर्णय लिनेबारे छलफल भएको थियो । बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले नेपालमा पछिल्लो समय को’रोना भाइरस संक्रमणको अवस्था र मन्त्रालयले गरिरहेको कामका बारेमा ब्रि’फिङ गरेका थिए ।

आजको बैठकमा को-भि’डको बढ्दो दर र विश्वमा कहाँ-कहाँ ओ’मिक्रोन कसरी वृद्धि भइरहेको छ भन्ने लगायतका विषयमा छलफल भएको थियो । नेपालमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट शुक्रबार एकैदिन ९६८ जनामा को’रोना भाइरसको संक्रमण पुष्टि भएको छ ।