मन्त्री रामकुमारी झाँक्रीले लगाइन् राउटे समुदायकी सम्झना र गाजलुसँग मित

२४ पुष २०७८, शनिबार काठमान्डौ- शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले लो’पोन्मुख रा’उटे समुदायी बस्तीमा पुगेर मितेरी साइनाे गासेकी छन् ।

सुर्खेतको सिम्ता गाउँपालिका –४ पटाउके कालिखोलामा बस्दै आएका राउटे समुदायको बस्तीमा पुगेकी मन्त्री झाँक्रीले शुक्रबार राउटे चेली सम्झना शाही र गाजलु शाहीसँग मितेरी साइनाे गाँसेकी हुन् । गीत गाउन खप्पिस सम्झना र गाजलु सामाजिक संजालमा भाइरल छिन् ।

नेपाली समाजमा राउटेहरुलाई समाहित गर्न नाता जोडेको मन्त्री झाँक्रीले बताइन् । राउटेहरुकाे व्यवस्थापन अब राज्यले लिने र त्यसको लागि उनीहरुलाई शा’रीरिक तथा मा’नसिक रुपले जनचेतना बढाउनेतर्फ सरकार लाग्ने मन्त्रीले बताइन् ।राउटे बस्तीमा पुगेर मन्त्री रामकुमारीले ३ वटा प्रस्ताव गरेकी छन् ।

बास, शिक्षा र स्वास्थ्यकाे व्यवस्थापन गर्ने उनले बताइन् । तर राउटेहरुले भने पहिलो प्रस्ताव वास व्यवस्थापन गरिदिन माग गरेका छन् । मन्त्री रामकुमारीले उनीहरुकाे लागि काठकाे फाेल्डिङ वाला घर निर्माण कार्य गरिदिने बताइन् ।क्रमश बालबालिकाको पठन पाठनकाे लागि शिक्षा र स्वास्थ्य सुविधाकाे समेत व्यवस्थापन गर्ने जनाएकी छिन् ।

पहिलो चरणमा राउटे स’मुदाय जहाँ जान चाहन्छन त्यही सुरक्षि आवास निर्माण गर्ने राउटे मुखियाको रोहबरमा सहमति भएको छ ।राउटेलाई भेट्न बस्तीसम्म पुगेको झाक्रीले ६५ थान ब्ला’ङ्केट समेत हस्तान्तरण गरेकी छन् । मन्त्री झाँक्री सहित राउटे वस्तीमा नेकपा समाजवादीका उप–महासचिव प्रकाश ज्वा’लासहितकाे टाेली पुगेकाे थियाे ।