माेटरसाइकल दु’र्घटना भएपछि चाेर पक्राउ

वीरगंज । चाे’री गरेर भाग्दै गरेकाे माेटरसाइकलबाट दु’र्घटना भएपछि एक जना माेटरसाइकल चाे’र पक्राउ परेका छन् । प्रहरीले वीरगञ्ज महानगरपालिकाकाे वडा नं.१५ स्थित सडकखण्डबाट मकवानपुरकाे हेटौडा उपमहानगरपालिका वडा नं.३ बस्ने बर्ष २० को मिलन दोङलाई पक्राउ गरेकाे हाे ।

वीरगंज महानगरपालिकाकाे वडा नं.१६ स्थित सडकखण्डमा पार्किङ गरी राखिएकाे चितवनकाे भरतपुर नगरपालिका वडा नं.९ बस्ने कुन्जन उप्रेतीकाे प्रदेश २-०३-०१४ प २५८० नम्बरको कालो रंगको सुपर स्पेलेण्डर मोटरसाइकल चाेरी गरेर भाग्दै गरेकाे अवस्थामा वीरगञ्ज महानगरपालिकाकाे वडा नं.१५ स्थित सडकखण्डमा दु’र्घटनाभएपछि माेटरसाइकल चालक दाेङ पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

बिहिबार सांझ ७ बजे दु’र्घटना भएकाे जानकारी प्राप्त हुन साथ घटनास्थल पुगेकाे प्रहरीले पैदल यात्रुलाई ठक्कर दिने सुपर स्पेलेण्डर मोटरसाइकल चालक दोङ र सो मोटरसाइकल नियन्त्रणमा लिएकाे थियाे ।घ’टना बारे आफु समेत घा’इते भएका माेटरसाइकल चालक दाेङसंग सोधपुछ गर्दा

उक्त मो.सा. निज दोङले चो’री भाग्दै गरेको खुल्न आएको हुँदा निज चालक उपर चोरी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।