एटीएमको नियमित मर्मत गर्नेलेनै चोरे १० करोड नगद

जापान । जापानको चिबा प्रिफेक्चरका प्रहरीहरुले करीब १० करोड येन नगद चोरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेका छन् । एटीएमको नियमित मर्मत सम्भारको क्रममा एटीएम मर्मत गर्ने व्यक्तिले नै एकै दिनमा सो परिमाणमा रकम चोरेका थिए ।

संंदिग्ध ३३ वर्षिय केइता काकुगावा भएको बताइएको छ । उनी एटीएम मर्मत गर्ने व्यक्ति हुन् । आफूलाई बोट रेसमा बाजी थाप्न पैसा चाहिएकोले उक्त रकम चोरेको अनुसन्धाताहरुलाई सं’दिग्धले बताएका छन् ।काकुगावा चिबा प्रिफेक्चरको इचिहारा नगरका बासिन्दा हुन् ।

उनले जापानको शीर्ष सुरक्षा कम्पनी सोह्गो सेक्युरिटि सर्भिसेज कम्पनीका लागि काम गर्थे । कम्पनीले चोरीको घटना सार्वजनिक भएपछि उनलाई गत वर्ष कामबाट निकालेको थियो । सं’दिग्धले एटीएमबाट यस अघि बताइएको भन्दा धेरै रकम चोरेको प्रहरीले बताएको छ ।

प्रिफेक्चर प्रहरीको काशिवा थानाका अधिकारीहरुले काकुगावामाथि ९ करोड ५९ लाख ८० हजार येन चोरेको आरोप लगाएका छन् । उनले सन् २०२१ को अक्टोबर २८ मा बिहान १०ः१० देखि साँझ ४ः५० को बीचमा चिबामा ६ स्थानमा रहेको एटीएमबाट सो रकम चोरेको बताइएको छ ।

त्यतिबेला उनी सोह्गो से’क्युरिटि सर्भिसेज कम्पनीको चिबा प्रिफेक्चरको शाखामा काम गर्थे ।उनलाई एटीएमको सफाई र निरीक्षणका साथै मर्मतको जिम्मा पनि दिइएको थियो । हरेक मेशिनबाट काकुगावाले ८० लाख येनदेखि २ करोड ९० लाख येनसम्म झिकेको आशंका गरिएको छ ।

एटीएम मेशिनमा राखिएको नगद अपचलन भएको थाहा भएपछि कम्पनीले आन्तरिक अनुसन्धान गरेको थियो । यस क्रममा काकुगावाले आफूले चो’री गरेको स्वीकार गरेको कम्पनीका एक प्रतिनिधिले बताए । यो घटना सार्वजनिक भएपछि कम्पनीले उनलाई नोभेम्बरमा नै बर्खास्त गरेको थियो ।