गायक राजेशपायललाई अमेरिकामा विशेष सुरक्षा

काठमाडौं । अमेरिकामा रहेका गायक राजेशपायललाई न्यूयोर्कको ‘डिपार्टमेन्ट अफ होमल्याण्ड से’क्यूरिटी पुलिस’ले सुरक्षा दिएको छ । जुन अमेरिकाको विशेष से’क्युरिटी फो’र्स मानिन्छ ।

राजेशपायल न्यूयोर्कबाट अर्को सहर रोचेस्टरको एयरपोर्टमा ओर्लँदा ‘डिपार्टमेन्ट अफ होमल्याण्ड से’क्यूरिटी’ फोर्सका दुई जना पु’लिस उनको सुरक्षामा ख’टिएका हुन् ।यसरी अमेरिकी सरकारबाटै से’क्यूरिटी पाउने राजेशपायल राई पहिलो नेपाली कलाकार हुन् ।

यसअघि नेपाली कलाकारलाई अमेरिकी सरकारले सु’रक्षा दिएको रेकर्ड छैन ।आफू नेपाली कलाकार भएर पनि अमेरिकी सरकारले सुरक्षा दिएकामा राजेशपायलले खुसी व्यक्त पनि गरेका छन् । उनले भने, ‘यो मेरो लागिमात्र नभएर नेपाल र सम्पूर्ण नेपालीका लागि खुसीको कुरा हो ।’

सुरक्षाको आवश्यकता नभएपनि सरकारले आफ्नो लागि सुरक्षाकर्मी खटाएर अमेरिकाले कलाकारको सम्मान गरेको राजेशपायलको भनाई छ । ‘म अमेरिकी नागरिक होइन, तर उहाँहरुले म नेपाली भएर पनि माया गरिदिनुभयो । सम्मान गर्नुभयो । धेरै खुसी छु । अमेरिकी सरकारलाई धेरै धेरै धन्यवाद’, उनले भने ।

राजेशपायल राई ८ जनवरीमा हुने लाइभ कन्सर्टमा सहभागी हुन रोचेस्टर पुगेका हुन् । न्यूयोर्कबाट जहाजमा झण्डै दुई घण्टाको दूरीमा रहेको रोचेस्टर सहरमा उनी ‘राजेशपायल राई लाइभ इन कन्सर्ट’मा जनवरी ८ को साँझ प्रस्तुत हुँदैछन् । उक्त कार्यक्रमको संयोजत्व निमा, विजय र आकाश क्षेत्रीले गरेका हुन् ।

अमेरिकाको विभिन्न सहरमा कार्यक्रम प्रस्तुत गरेर राजेशपायल यही १७ जनवरीमा नेपाल फर्कँने तयारीमा छन् । नेपालमा धरान, मिक्लाजुङलगायतका स्थानमा आफ्नो कन्सर्ट भएकाले अमेरिका कतिपय प्रोगाम छाडेर आउन लागेको पनि उनले बताएका छन् ।